भद्रपुर । वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा भद्रपुर नगरपालिकाको साझेदारीमा सतमिलन महिला समुहको सभाहलमा खुल्ला दिसामुक्त क्षेत्र सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकाका ३ वटा वडाहरुलाई असार मसान्तभित्र खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका वडा सचिव याम बहादुुर ठकुरी, वडा नागरिक मञ्च वडा नं. ९ संयोजक रेमनाथ चुडाल, मेघा नागरिक सचेतना केन्द्र वडा नंं. ९ की संयोजक कुमारी राई, सतमिलन महिला समूहकी अध्यक्ष मञ्जु दाहाल, नेकपा संयुक्तका महेन्द्र लावती, विष्णु पञ्चायनका अध्यक्ष उषा भूर्तेल, सामाजिक परिचालक रेणु गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खुल्ला दिसाका असरहरुबारे वृत्तचित्र तथा प्रेजेनटेसनबाट वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष तथा प्रशिक्षक हैकम घिसिङले शौचालय विहिन घरमुलीहरुलाई सचेत गराएका थिए । कुल ४८४ घर धुरी रहेको वडा नं. ९ मा अब १३ धरधुरी शौचालय विहिन भएको र छिट्टै बनाउने प्रतिबद्धता जाहेर गरेको मञ्चका उपाध्यक्ष रमेश राजवंशीले बताए ।