बिर्तामोड । नेपाल प्रेस युनियन झापाले आगामी साउन ६ गते ३४औं वीपी स्मृति दिवसको अवसर पारेर बिर्तामोडमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
युनियनका अध्यक्ष कृष्ण हुमागाईंको अध्यक्षतामा बिहिबार बसेको बैठकले नेपाली कांगे्रसका संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्ने भएको जनाइएको छ ।
बैठकले युनियनका कार्यवाहक सचिव गिरिराज भट्टराइलाई सचिवमा मनोनयन गरेको छ । सचिव उमाकान्त खनालले कार्यव्यस्तताको कारण देखाउँदै झण्डै एक वर्ष अघि राजिनामा दिएपछि भट्टराईलाई सचिवको जिम्मेवारी प्रदान गरिएको प्रेस युनियन झापाका सदस्य नगेन्द्रमणि न्यौपानेले जानकारी दिए ।
Facebook Comments Box