Author: admin
काठमाण्डौ । एक अमेरिकी संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ। पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिक लगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो। नागरिक दैनिकमा समाचार छ। फन्डले १२ वटा सूचकांकमा गरेको अध्ययनमा १ सय २० अंकमा नेपालले ९२.२ अंक प्राप्त गरेको छ। सूचकांकमा जनसंख्याको चाप, शरणार्थी तथा आन्तरिक विस्थापित, आर्थिक तथा गरिबीको अवस्था, मानवअधिकार, असमान विकास, वाह्य शक्तिको दबाबजस्ता विषय रहेका छन्। सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्मको विभिन्न गतिविधिका आधारमा सूची तयार पारिएको पिस फन्डले जनाएको छ। दक्षिण एसियामा अफगानिस्तान नवौं…
काठमाण्डौ । सरकार र कांग्रेसबीचको सहमतिले भूकम्पपीडितले अनुदान पाउन थप समय कुर्नुपर्ने भएको छ। नयाँ कार्यविधि बनेपछि मात्र पीडितले अनुदान पाउनेछन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। सरकार र कांग्रेसबीच पीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार गरी दुई किस्तामा दुई लाख अनुदान दिने सहमति छ। तर, त्यसअघि दातृ निकायसँग अनुमति लिनुपर्ने, अहिले कार्यान्वयनमा रहेको कार्यविधि संशोधन गर्नुपर्ने र आर्थिक वर्ष ०७३/७४ को बजेट पारित हुनुपर्नेछ। अहिले प्राधिकरणसँग पुरानै कार्यविधिका आधारमा घर निर्माण अनुदान सम्झौता गरी ५० हजार लिन चाहनेको प्रक्रियासमेत रोकिनेछ। हालको अनुदान सम्झौता रोकिने प्रमुख प्रतिपक्षी दलसाग सरकारले नयाँ प्रक्रिया र मापदण्ड बनाउने प्रतिबद्धता गरेसागै राष्ट्रिय…
काठमाण्डौं । पूर्ववर्ती सरकारमा सामान्य प्रशासनमन्त्री रहेर उत्तिकै चर्चा कमाएका लालबाबु पण्डित बुधवार असार १५ मनाउन नुवाकोटको कविलास गाउँ पुगेका छन् । मधेशको नागरिक भएपनि पहाडमा हलो जोत्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए । ‘एमाले नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा हामी रोपाइँ गर्न कविलास गाउँमा आएका छौं । हलो जोतेर रोपाइँ गर्ने कार्यक्रम चलिरहेको छ,’ पण्डितले लोकान्तरसँग भने । खेती किसानी सम्मानित पेशा हो भन्ने सन्देश दिनका लागि आफू धान रोपाइँमा सहभागी भएको उनले बताए । मन्त्री हुँदाताक डीभी र पीआर लिएका कर्मचारीहरूविरुद्ध खरो उत्रिएर लालबाबु चर्चामा आएका थिए । तस्वीरः लालबावु पण्डितको फेसबुक
बिर्तामोड । कौटिल्य एजुकेशन फाउण्डेसनले सञ्चालन गरेको पूर्वाञ्चल एकाडमीको कार्यालय कोठमा गएराति चोरी भएको छ । कार्यालयको ढोकामा लगाइएको कब्जा तोडेर भित्र पसी दुईवटा दराज र डोनेशन बक्स फोरेर नगद तथा एकथान ल्यापटप चोरी भएको प्रिन्सिपल केशव ढुङ्गानाले जानकारी दिए । ढोकाको कब्जा तोडेर भित्र पसेको चोरले दराज फोरेर कागजपत्र जथाभावी फालेको, ल्यापटप लिएर गएको, दराजमा राखिएको पेटी क्यास १२ सय रुपैयाँ र डोनेशन बक्समा रहेको करिब १५ हजार रुपैयाँ लगेको उनले बताए । फाउण्डेसनको कम्पाउण्डभित्र राति पनि बस्ने पियन ज्ञानबहादुर कार्की र क्यान्टिन सञ्चालक भारतीय नागरिक सञ्जय महेश्वरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पुर्पक्षका लाथि लगेको जनाइएको छ । चोरी…
काठमाण्डौं । बैदेशिक रोजगारीमा जाने कामदारले बीमा गर्दा अभिकर्ता कमिशन तिर्नु नपर्ने भएको छ । साउन १ गतेदेखि लागू हुने गरि बैदेशिक रोजगार म्यादी जीवन बिमामा अभिकर्ता कमिशन हटाइएको हो । बीमा समितिले सबै बीमा कम्पनीलाई साउन एक गतेबाट कार्यन्वयन गर्न परिपत्र गरिसकेको छ । बीमा अवधी र उमेर समुहका आधारमा तोकिएको बीमा शुल्क यस्तो छ ।
काठमाडौं । सरकारले थाइल्यान्डको राजधानी बैंककमा ४५ करोड रुपैयाँमा चार रोपनी जग्गा र त्यसमा निर्मित भवन खरिद गरेको छ । नेपाली दूतावास थाइल्याण्डका अनुसार उक्त जग्गा र भवन आजैदेखि दूतावासको स्वामित्वमा रहनेछ । स्थापनाकालदेखि भाडामा रहेको दूतावास आफ्नै भवनमा रहनेछ । यसबाट मुलुकको आर्थिक भार घट्नेछ ।
महोत्तरी । सर्लाहीको हरिवनमा रहेको सहयोगी समाज नेपालले वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउने तीन जना पत्रकारलाई सुरक्षित आप्रवासन पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संस्थाले बुधबार हरिवनमा एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउन कलम चलाउने पत्रकारलाई जनही नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र सहित पुरस्कृत गरेको हो । पुरस्कार पाउनेमा रेडियो एकता सर्लाहीका जनार्जन खत्री, द पब्लिक टुडे महोत्तरीका राजकरण महतो र रेडियो सिन्धुलीगढी सिन्धुलीका सुजाता तामाङ रहेका छन् । कार्यक्रममा हरिवन नगरपालिकाका कार्यकारी अधिकृत यादवप्रसाद सापकोटा, संस्थाका अध्यक्ष हरिबहादुर थापा र पत्रकार चुडामणि वाग्लेले उनीहरुलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका हुुन् ।
बझाङ । बझाङमा ५ रेक्टर स्केलको भूकम्प गएको छ । दिउँसो २ बजेर ५५ मिनेट जाँदा बझाङ सदमुकाम चैनपुरबाट ११ किलाेमिटर उत्तर पूर्व मयाना केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पले कति क्षति पुर्यायो भन्ने जानकारी संकलन भैरहेको बझाङ प्रहरीले जानकारी दिएको छ । मयाना नजिकै ३ बजेर २७ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलकाे परकम्प समेत गएकाे छ ।
धानको उत्पादनका लागि अन्य बालीभन्दा झण्डै दोब्बर स्थान चाहिने कृषि प्राविधिकहरु बताउँछन् । नेपालको कूल जनसंख्याको करीब ६६ प्रतिशत जनसंख्या कृषि आश्रित भइ ३३ प्रतिशत कूल ग्राहस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त हुने अवस्थामा त्यसको करीब २१ प्रतिशत धानको मात्र रहेको कृषि विकास मन्त्रालयको तथ्यांकमा छ ।
१०० पूर्णाङ्कको परीक्षामा कति नम्बरसम्म आउला? ९८, ९९ वा सतप्रतिशत १०० मा १०० नै। तर, भारतको मध्यप्रदेशको एक विश्वविद्यालयले एक छात्रालाई १०० अंकको विषयमा ५२५ अंक दिएको फेला परेको छ। भारत मध्यप्रदेशको रीवाका अवधेश प्रताप सिंहले विश्वविद्यालयकी एक छात्रालाई अर्थशास्त्र विषयमा १०० पूर्णाङ्कको परीक्षामा ५२५ अंक दिएका छन्। यतिमात्रै होइन, १०० पूर्णाङ्कको विषयमा ५२५ अंक पाएकी उनले कूल ४५० पूर्णाङ्कमा ७२७ नम्बर ल्याएकी छिन्। उनी हुन् शिखा त्रिपाठी जसले बीए प्रथम वर्षको परीक्षा दिएकी थिइन्। शिखा सतना रामपुर बघेलानको सरकारी कलेजकी विद्यार्थी हुन्, जुन कलेज अवधेश प्रताप सिंहसँग कार्यरत विश्वविद्यालय अन्तर्गतको हो। जम्मा ४५० पूर्णाङ्कको परीक्षामा ७२७ नम्बर पाएकी शिखा…