महोत्तरी । सर्लाहीको हरिवनमा रहेको सहयोगी समाज नेपालले वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउने तीन जना पत्रकारलाई सुरक्षित आप्रवासन पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
संस्थाले बुधबार हरिवनमा एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउन कलम चलाउने पत्रकारलाई जनही नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र सहित पुरस्कृत गरेको हो ।
पुरस्कार पाउनेमा रेडियो एकता सर्लाहीका जनार्जन खत्री, द पब्लिक टुडे महोत्तरीका राजकरण महतो र रेडियो सिन्धुलीगढी सिन्धुलीका सुजाता तामाङ रहेका छन् ।
कार्यक्रममा हरिवन नगरपालिकाका कार्यकारी अधिकृत यादवप्रसाद सापकोटा, संस्थाका अध्यक्ष हरिबहादुर थापा र पत्रकार चुडामणि वाग्लेले उनीहरुलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका हुुन् ।
Facebook Comments Box