काठमाण्डौं । पूर्ववर्ती सरकारमा सामान्य प्रशासनमन्त्री रहेर उत्तिकै चर्चा कमाएका लालबाबु पण्डित बुधवार असार १५ मनाउन नुवाकोटको कविलास गाउँ पुगेका छन् ।
मधेशको नागरिक भएपनि पहाडमा हलो जोत्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए ।
‘एमाले नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा हामी रोपाइँ गर्न कविलास गाउँमा आएका छौं । हलो जोतेर रोपाइँ गर्ने कार्यक्रम चलिरहेको छ,’ पण्डितले लोकान्तरसँग भने ।
खेती किसानी सम्मानित पेशा हो भन्ने सन्देश दिनका लागि आफू धान रोपाइँमा सहभागी भएको उनले बताए ।
मन्त्री हुँदाताक डीभी र पीआर लिएका कर्मचारीहरूविरुद्ध खरो उत्रिएर लालबाबु चर्चामा आएका थिए ।
तस्वीरः लालबावु पण्डितको फेसबुक
Facebook Comments Box