विर्तामोड ।
कृषि विकास कार्यालय झापाले मेसिनबाट धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ ।
झापाको कन्काई नगरपालिका वडा नम्बर १ स्थित जामुनबारीमा मेसिनबाट धान रोपेर कृषि विकास कार्यालयले धान दिवस मनाएको हो ।
कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार उक्त धान रोप्ने मेसिनले बैज्ञानिक ढंगबाट धान रोप्ने भएकाले धानको उत्पादकत्व बढने बताए । धानले खाद्यान्नको प्रमुख हिस्सा ओगटने भएकाले अब मेसिन अनिवार्य भइसकेको उनको भनाई थियो ।
धानको उत्पादनका लागि अन्य बालीभन्दा झण्डै दोब्बर स्थान चाहिने कृषि प्राविधिकहरु बताउँछन् । नेपालको कूल जनसंख्याको करीब ६६ प्रतिशत जनसंख्या कृषि आश्रित भइ ३३ प्रतिशत कूल ग्राहस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त हुने अवस्थामा त्यसको करीब २१ प्रतिशत धानको मात्र रहेको कृषि विकास मन्त्रालयको तथ्यांकमा छ ।
बाल सुबोधिनीले पनि गर्याे सामुुहिक राेपाइ
राष्ट्रिय धान दिवसको अवसरमा झापा दुहागढीमा रहेकाे बाल सुबोधिनी नि.मा.बि. काे बाल क्लबको आयोजनामा सामुहिक रोपाइ कार्यक्रम सम्पन्न गरेका छन् ।
स्कुलका बिद्यार्थी एवम शिक्षक शिक्षिकाहरुकाे उपस्थितिमा राेपाइ कार्यक्रम अायाेजना गरिएकाे हाे ।

1 Comment
kam chado sakne melo