Author: admin

काठमाण्डौं ।  प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो । यो सरकार पनि ९ महिनामै संकटमा पर्यो । सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पार्छ । यी २६ वर्षमा ६ पटक मात्रै आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेको छ । मुलुकको आर्थिक वृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिने भएपनि २६ वर्षमा अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव राजनीतिले नै पारेको देखिन्छ । यस अवधिमा राजनीतिक स्थायित्व भएको वा हुने आशा गरेर निर्वाचन भएका वर्षमा उच्च आर्थिक वृद्धि भएको छ । निर्वाचनमा हुने खर्च र स्थायित्व हुने विश्वासमा निजी क्षेत्रले लगानी बढाउने हुँदा यी विषयमा बढी वृद्धि…

Read More

​झापा, असार २९। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल माओवादीका मन्त्रिहरूले सामुहिक राजीनामा दिएपछि भएका मन्त्रीलाई थप जिम्मेवारी दिएका छन्। प्रधानमन्त्रीले माओवादीले छाडेका ८ वटै मन्त्रालयको जिम्मेवारी आफूसमेत अन्य मन्त्रीलाई तोकेका हुन्। प्रधानमन्त्रीले संविधानको धारा २९८ बमोजिम मन्त्रीहरुलाई थप कार्यभार दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसैबीच ओलीले मन्त्रीहरुलाई थप कार्यभार दिएको पत्र बुधबार नै राष्ट्रपति कार्यालय पठाइएको छ। प्रधानमन्त्री आफैंले सामान्य प्रशासन मन्त्रालयको थप कार्यभार हेरेका छन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वन तथा भू–संरक्षण, उपप्रधानमन्त्री भीम रावललाई गृह, विष्णु पौडेललाई ऊर्जा, दीपक बोहोरालाई आपूर्ति, अग्निप्रसाद खरेललाई शिक्षा, रामकुमार सुब्बालाई सिँचाइ र शान्ता मानवीलाई कृषि मन्त्रालयको जिम्मेवारी थप गरिएको छ…

Read More

​काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालयको आगामी पुस महिनामा हुने दीक्षान्त समारोहमा ८३ हजार चार सय २५ विद्यार्थी दीक्षित हुने भएका छन् । बुधबार त्रिविको ५७ औं वार्षिक दिवसका अवसरमा ५४ औं ग्रेस लिष्ट पारित गरिएको छ । ग्रेस लिष्टमा परेका विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिन सक्नेछन् । ग्रेस लिष्ट अन्तर्गत २०७२ जेठ १८ देखि २०७३ असार १ गते सम्मका संस्थान अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानका तीन हजार आठ सय ७७ विद्यार्थी, इन्जिनियरिङ अध्ययन संस्थानका दुई हजार दई सय आठ, चिकित्साशास्त्र अध्ययन संस्थानका एक हजार चार सय ४६, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका दुई सय ५८, वन विज्ञान…

Read More

झापा ।   नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको  जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विक्रम संवत १८७१ साल असार २९ गतेका दिन  तनहूँ जिल्लाको चुँदी बेसीमाथिको रम्घा गाउँमा मा जन्मिएका आचार्यको मृत्यु वि.स.१९२५ सालमा छपन्न वर्षको उमेरमा तनहूँकै सतीघाटमा भएको थियो । भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्‍याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ । आचार्यले ‘ध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’…

Read More

काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस र माओवादीले तयारी थालेका छन् । माओवादीले बजेट नै पारित हुन नदिने चेतावनी दिएको छ । आउँदो आर्थिक वर्षको बजेट व्यवस्थापिका संसदको बुधबार बस्ने बैठकबाट पारित गर्ने तयारी छ ।

Read More

खै ! अब फेरि कहिले आउँछौ र ‘भानु’ ! विलीन हुँदै जाँदोछ आज नेपाली भाषा काव्यमा, कथामा गफगाफमा अनि सबै- सबै लेखनीमा पनि । आफ्नै मनपरी मुढेबलमा स्वार्थलिप्साले निथ्रुक्कै भिजेका छन् कैयौँ तिम्रा ‘म’जस्ता चेलाहरू ! साहित्यिक व्यक्तित्वको गरिमामय छटा छाँटन पैँचो, सापटसम्म भए नि हुन्थ्यो छिन्तिमै लिन्छन् आफुखुशी प्रयोग गर्छन् अझ भनूँ विना अनुमति डकैत बनी सिधै अपहरण गर्छन् छरछिमेकका शाब्दिकसम्पति । जब आफ्नो मन भुल्नेहरु छन् यहाँ आफ्नो धन भुल्नेहरु छन् यहाँ आफ्नो पन भुल्नेहरु छन् यहाँ अनि जीवन भुल्नेहरु छन् यहाँ तब कसरी समेटौँ ‘म’ यो सब ? एक्लो हुटिट्याँउ बनेर सक्छु र अकाश थाम्न त्यो…

Read More

काठमाण्डौं । आर्थिक वर्ष २०७३–०७४ को बजेट बुधबार पारित हुँदैछ । आर्थिक वर्ष सुरु हुने पहिले नै बजेट पारित हुन लागेको यो पहिलोपटक हो । अघिल्ला वर्षहरुमा बजेट ढिलो आउने भएकाले पेश्की खर्च विधेयक ल्याउनुपर्थ्यो। तर यसपटक जेठ १५ मा बजेट आएकाले पेश्की खर्च विधेयक नल्याइकन आर्थिक वर्ष सुरु नहुँदै बजेट पारित गर्न लागिएको हो । संसद बैठकले विनियोजन विधेयक यसअघि नै पारित भइसकेको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

Read More

काठमाडौं ।  नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीले मधेसी मोर्चालाई पनि सहभागी गराउने प्रयास गरेका छन् । तर मोर्चा भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । मोर्चाले यसबारे औपचारिक निर्णय गरिनसकेपनि सरकारमा सहभागी हुने सम्भावना नभएको नेताहरुले बताएका हुन् । ‘हामी सरकारमा जाँदैनौं, तर समर्थन चाहिँ हुन सक्छ’ मोर्चाका अध्यक्ष एवं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने । तर मोर्चाले उठाउँदै आएको ११ बुँदे माग सम्बोधन गर्ने शर्तमा मात्र नयाँ सरकारलाई समर्थन दिन सकिने उनले बताए ।

Read More

काठमाण्डाैं ।  पाटनढोकास्थित ढोकैमा क्याफेमा मंगलबार दिनभर त्रास छायो । केही दिनअघि पक्राउ गरी सर्वोच्च अदालतको आदेशबाट रिहा भएका हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितलाई पक्राउ गर्न क्याफेभर सादा पोसाकमा प्रहरी परिचालिन थिए । क्याफेको टेबलमा पानी मागेर खाइरहेका प्रहरीले दीक्षितको व्यापक खोजी गरे । एक महिला प्रहरीसहित आएका सादा पोसाकका प्रहरीले घर वरपर खोजेर घुमिरहे । । महानगरीय प्रहरी प्रभाव पुल्चोकका प्रहरी निरीक्षक द्वारिका घिमिरेको टोली पाटनढोकानजिक भ्यानमा स्ट्यान्डवाई बसिरहेको थियो । भ्यानसँगै ट्रकमा प्रहरीको दस्ता कुरिरहेको थियो । तर सम्पर्कविहीन रहेका पत्रकार दीक्षितलाई दिउँसोसम्म पक्राउ गर्न सकेको थिएन । नेपाल समाचारपत्र दैनिकबाट ।

Read More

इटालीमा दुई वटा रेल ठोक्किँदा २३ जनाको ज्यान गएको छ । दुई वटा यात्रु रेल ठोक्किएर भएको दुर्घटनामा अरु धेरै मानिस घाइते भएका छन् । इटालीको दक्षिणी क्षेत्रमाको बारी र बार्लेट्टा बिचको तटीय शहर एड्रियामा रेल दुर्घटना भएको हो । एउटै रेलवे ट्रयाकमा दुई वटा रेल गुडेका कारण दुर्घटना भएको हो । दुर्घटना लगतै उद्दारकर्मीले उद्दारको काम सुरु गरेका छन् । दुर्घटनाग्रस्त रेलको डिब्बाबाट निकालेर घाइतेलाई उपचारका लागि निजकको अस्पताल लगिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर छ । मानवीय भुलका कारण दुर्घटना भएको र यसबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् । तीब्र गतिमा चलेका दुई रेल एउटै…

Read More