काठमाण्डाैं । पाटनढोकास्थित ढोकैमा क्याफेमा मंगलबार दिनभर त्रास छायो । केही दिनअघि पक्राउ गरी सर्वोच्च अदालतको आदेशबाट रिहा भएका हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितलाई पक्राउ गर्न क्याफेभर सादा पोसाकमा प्रहरी परिचालिन थिए ।
क्याफेको टेबलमा पानी मागेर खाइरहेका प्रहरीले दीक्षितको व्यापक खोजी गरे । एक महिला प्रहरीसहित आएका सादा पोसाकका प्रहरीले घर वरपर खोजेर घुमिरहे । । महानगरीय प्रहरी प्रभाव पुल्चोकका प्रहरी निरीक्षक द्वारिका घिमिरेको टोली पाटनढोकानजिक भ्यानमा स्ट्यान्डवाई बसिरहेको थियो । भ्यानसँगै ट्रकमा प्रहरीको दस्ता कुरिरहेको थियो । तर सम्पर्कविहीन रहेका पत्रकार दीक्षितलाई दिउँसोसम्म पक्राउ गर्न सकेको थिएन । नेपाल समाचारपत्र दैनिकबाट ।
Facebook Comments Box