काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीले मधेसी मोर्चालाई पनि सहभागी गराउने प्रयास गरेका छन् ।
तर मोर्चा भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । मोर्चाले यसबारे औपचारिक निर्णय गरिनसकेपनि सरकारमा सहभागी हुने सम्भावना नभएको नेताहरुले बताएका हुन् ।
‘हामी सरकारमा जाँदैनौं, तर समर्थन चाहिँ हुन सक्छ’ मोर्चाका अध्यक्ष एवं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने । तर मोर्चाले उठाउँदै आएको ११ बुँदे माग सम्बोधन गर्ने शर्तमा मात्र नयाँ सरकारलाई समर्थन दिन सकिने उनले बताए ।
Facebook Comments Box