झापा । नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
विक्रम संवत १८७१ साल असार २९ गतेका दिन तनहूँ जिल्लाको चुँदी बेसीमाथिको रम्घा गाउँमा मा जन्मिएका आचार्यको मृत्यु वि.स.१९२५ सालमा छपन्न वर्षको उमेरमा तनहूँकै सतीघाटमा भएको थियो ।
भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।
आचार्यले ‘ध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए।
उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ ( १९१०) ‘वधूशिक्षा’ ( १९१९), ‘रामगीता'(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन्।