काठमाण्डौं । आर्थिक वर्ष २०७३–०७४ को बजेट बुधबार पारित हुँदैछ । आर्थिक वर्ष सुरु हुने पहिले नै बजेट पारित हुन लागेको यो पहिलोपटक हो । अघिल्ला वर्षहरुमा बजेट ढिलो आउने भएकाले पेश्की खर्च विधेयक ल्याउनुपर्थ्यो।
तर यसपटक जेठ १५ मा बजेट आएकाले पेश्की खर्च विधेयक नल्याइकन आर्थिक वर्ष सुरु नहुँदै बजेट पारित गर्न लागिएको हो । संसद बैठकले विनियोजन विधेयक यसअघि नै पारित भइसकेको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
Facebook Comments Box