Author: admin

काठमाण्डौं  ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले अन्तर्राष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ७५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम संचालक समितिले स्वीकृति दिइसकेको जानकारी दिए । बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्नै नसक्ने निष्कर्ष निकाल्दै जहाज बिक्री गर्ने निर्णय गरेको हो । निगम व्यवस्थापनले इन्जिन मर्मतका लागि सिंगापुर लगिएको यो जहाज अधिक खर्च गरेर मर्मत गर्नुको विकल्पमा बिक्री गर्नु नै ठीक हुने प्रस्ताव अगाडि सारेको थियो । आजको अन्नपूर्ण पोष्ट…

Read More

काठमाण्डौं । एजेन्टहरु हावी भएपछि नयाँ नोट छपाइमा दोहोरो नीति अवलम्बन गरिएको छ । नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाई प्रक्रिया अघि बढाएको छ । तर, ५ सय दरको नोटमा भने नयाँ सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ । हजार दरको नोट छपाईका लागि भर्खरै बोलकबोल आह्वान गरिएको छ भने ५ सय दरको नोटको बोलकबोलपछि छनोटको चरणमा छ । राष्ट्र बैंकले २० करोड थान १ हजाको नोट छपाइ प्रक्रियामा जानु पहिले नै विभिन्न उजुरीहरु परेका कारण नयाँ सुरक्षा ट्रेडमार्क नराखी पुरानै व्यवस्थाअनुसार छपाइ प्रक्रिया अघि बढाएको हो । आजको कारोबार दैनिकमा खबर छ…

Read More

काठमाण्डौं । मनाङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन् । यहाँका अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ । सिजनमा समेत कम मात्रै हिमपात हुन थालेकाले हिमालहरू हिउँविहीन देखिन थालेको टंकीमनाङका सोनामतप्के गुरुङले बताए । ‘पहिले त यस्तो हुँदैनथ्यो, प्रायः जाडो भइरहन्थ्यो, ’ उनले भने, ‘हिजोआज त जाडोमा साह्रै जाडो, गर्मीमा साह्रै गर्मी हुन थालेको छ ।’ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको र वर्षायाममा पहिलेको तुलनामा बढी पानी पर्न थालेको उनले सुनाए । विश्वकै चर्चित अन्नपूर्ण राउन्डमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घटेपछि स्थानीय बासिन्दा पनि निराश भएका छन् । ‘हिउँले…

Read More

विर्तामाेड । यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज  बसेको बैठकले विगत १५ वर्षदेखि पत्रकारिता र साहित्यमा क्रियाशिल भट्टराईलाई उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो । डी. कौडिन्यको १५औँ स्मृति दिवशको दिन साउन ७ गते पुरस्कार प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ । प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन उद्घाटन सभामा सो पुरस्कार हस्तान्तरण गर्ने निर्णय भएको छनौट समिति संयोजक टीकाराम उप्रेतीले जानकारी दिए ।

Read More

काठमाण्डौं ।  कोरियन भाषा परीक्षाको नतिजा आगामी साउन ११ गते प्रकाशित हुने इपिएस कोरिया शाखाले जनाएको छ । इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले नतिजा साउन ११ मा प्रकाशित गर्ने तयारी भइरहेको जानकारी दिए । असार ४ र ५ गते भएको परीक्षामा ५७ हजार १ सय परीक्षार्थी सहभागि भएका थिए । जसमध्ये ३१ सय परीक्षार्थी उत्तीर्ण हुनेछन् ।

Read More

साँच्चै भन्नुपर्दा ढाँट्न, तिमीले नै सिकाको हो गाऊँगाऊँ गइ कुरा काट्न, तिमीले नै सिकाको हो फलको आशा विना कर्म, गर्ने गर्थें सँधै म चैँ मह काढ्दा हात चाट्न, तिमीले नै सिकाको हो मौका छोप्नु, फाइदा लुट्नु, मेरा लागि निन्दायोग्य मालसंग कु-माल साट्न, तिमीले नै सिकाको हो साथीसँगी, नातागोता केलाइकुलाइ समेट्थें म एक्लो हुन, बाझ्न – फाट्न, तिमीले नै सिकाको हो ‘अन्जान’ थिएँ र त झुटो बोल्न – गर्न जान्दिन थें उल्टोसुल्टो कुरा बाट्न, तिमीले नै सिकाको हो – पृथ्वीनगर -८, प्रतिभा चौक, झापा हाल अमेरिका

Read More

विर्तामाेड ।  झापाको पुरानो समाचारपत्र विवेचना दैनिक पुनः प्रकाशनमा आउने भएको छ । विवेचना दैनिक प्रकाशन समूहले शनिवार विर्तामोडमा गरेको पत्रकार भेटघाट कार्यक्रममा २०७३ साउन १ गतेदेखि उक्त समाचारपत्र पुनः प्रकाशनमा आउने जानकारी दिइयो । उक्त समाचारपत्रका सम्पादक हिमाल खरेलले विवेचना दैनिकले आर्थिक र विकास पत्रकारितालाई आधार बनाएर समाचारपत्र प्रकाशन गरिने बताए । भद्रपुर रोडस्थित सूर्योदय टेलिभिजन पूर्वपट्टि रहेको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सबैको साथ र सहयोगले विवेचनाले पुनः उचाई पाउने प्रकाशन समूहका अध्यक्ष तेजमणि प्रसाईंले बताए । उक्त पत्रिकाको कार्यकारी सम्पादकमा विनोद सापकोटा, प्रबन्धकमा एकराज प्रधान र प्रवन्ध निर्देशकमा नवीन खरेल रहेका छन् । सञ्चालक सदस्यहरुमा प्रदीप खरेल,…

Read More

काठमाण्डौं ।  सत्ता साझेदार दलहरुको बैठक बेलुका बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी ६ बजे बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । मुख्य सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सहमतीय सरकारको पहल गर्ने निर्णय गरेपछि पछिल्लो राजनीतिक अवस्थामा नयाँ बहश सुरु भएको छ । एमालेसँगको ९ बुँदे सहमति हुँदा बजेट पारित गरेपछि आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने भद्र सहमति भएको दावी माओवादी केन्द्रले गर्दै आएको छ । तर एमालेले भने त्यस्तो कुनै सहमति नभएको दावी गरेको छ ।

Read More

विज्ञापनका लागि नक्किली क्लिक गर्न बाध्य बनाउने भाइरस (मालवेयर) का कारण एक करोड भन्दा धेरै एन्ड्रोइड स्मार्टफोन ग्रसित भएको मोवाइल सुरक्षा अनुसन्धानकर्ताले बताएका छन् । यो सफ्टवेयर थाहा नपाइकनै मोवाइलमा इनस्टल हुने र प्रयोगकर्ताको इनटरनेट व्यवहारमा निगरानी गर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् । मालवेयरले अहिले महिनाको तीन लाख अमेरिक डलर कमाउने गरेको छ । यस्तो भाइसर युक्त सफ्टवेयर मालवेयरका कारण प्रभावित हुने स्मार्टफोनमा चीनका फोन छन् । शेजुन मालवेयरका कारण मोवाइल ग्रसित भएका हुन् । – एजेन्सीको सहयोगमा

Read More

कुनै सुत्र जसले विषयलाई सम्झन मदत गर्दछ, त्यसलाई नै निमोनिकस् भनिन्छ । लोक सेवा आयोगको परिक्षामा सामान्य ज्ञान साथै कुनै पनि उत्तर जुन प्राथमिकता क्रम अनुसार दिनु पर्ने हुन्छ त्यसबेला यसको उल्लेख्य भुमिका हुन्छ । यस्ता सुत्र बनाउने निश्चित नियम हुदैनन । सजिलो के छ भने आफूलाई कसरी सहज हुन्छ, त्यसरि नै सुत्र बनाउन सकिन्छ ।

Read More