Mnemonics ( /nɪˈmɒnɪks,niː-/) noun
“The study and development of systems for improving and assisting the memory.”
कुनै शुत्र जसले विषयलाई सम्झन मदत गर्दछ, त्यसलाई नै निमोनिकस् भनिन्छ । लोक सेवा आयोगको परिक्षामा सामान्य ज्ञान साथै कुनै पनि उत्तर जुन प्राथमिकता क्रम अनुसार दिनु पर्ने हुन्छ त्यसबेला यसको उल्लेख्य भुमिका हुन्छ । यस्ता सुत्र बनाउने निश्चित नियम हुदैनन । सजिलो के छ भने आफूलाई कसरी सहज हुन्छ, त्यसरि नै सुत्र बनाउन सकिन्छ । यसका लागि तल उल्लेख गरे बमोजिमका तरिका प्रयोग गर्न सकिन्छ ।
१. शुरुको अक्षरबाट शुत्र बनाउने :
उदाहरणको लागि :- लोपोन्मुख १० जातीको सुत्र निम्नानुसार बनाउन सकिन्छ ।
“सुराकिले कुरा हामे कुब”
सु = सुरेल
रा = राजी
कि = किसान
ले = लेप्चा
कु = कुसुन्डा
रा = राउटे
हा = हायु
मे = मेचे
कु = कुसवडिया
ब = बनकरिया
२. कुनै परिचित शव्द प्रयोग गरी शुत्र बनाउने
उदाहरणको लागि :- पानीमा घुल्ने भिटामिन
WBC = ( परिचित White Blood Cell )
WBC = Water Soluble Vitamin B and C
अघिल्लो हप्ताको राजनीतिशाष्त्रको बस्तुगत प्रश्नको उत्तर
| 1. | B | 2. | C | 3. | B | 4. | A | 5. | D | 6. | D | 7. | B |
| 8. | A | 9. | D | 10. | A | 11 | B |