काठमाडौं । लोक सेवा आयोगले चैत महिनामा हुने विभिन्न सेवाका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
आयोगले आज एक विज्ञप्ती जारी गर्दै चैत ८ गते शनिबारदेखि सञ्चालन हुने भनिएका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको र नेपालमा पनि भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै चैत मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।
लोकसेवाले चैत महिनाभर निजामति सेवा, सुरक्षानिकाय र विभिन्न संस्थाका लागि विभिन्न पदको परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको थियो ।

Facebook Comments Box