विर्तामाेड । झापाको पुरानो समाचारपत्र विवेचना दैनिक पुनः प्रकाशनमा आउने भएको छ ।
विवेचना दैनिक प्रकाशन समूहले शनिवार विर्तामोडमा गरेको पत्रकार भेटघाट कार्यक्रममा २०७३ साउन १ गतेदेखि उक्त समाचारपत्र पुनः प्रकाशनमा आउने जानकारी दिइयो ।
उक्त समाचारपत्रका सम्पादक हिमाल खरेलले विवेचना दैनिकले आर्थिक र विकास पत्रकारितालाई आधार बनाएर समाचारपत्र प्रकाशन गरिने बताए ।
भद्रपुर रोडस्थित सूर्योदय टेलिभिजन पूर्वपट्टि रहेको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सबैको साथ र सहयोगले विवेचनाले पुनः उचाई पाउने प्रकाशन समूहका अध्यक्ष तेजमणि प्रसाईंले बताए ।
उक्त पत्रिकाको कार्यकारी सम्पादकमा विनोद सापकोटा, प्रबन्धकमा एकराज प्रधान र प्रवन्ध निर्देशकमा नवीन खरेल रहेका छन् । सञ्चालक सदस्यहरुमा प्रदीप खरेल, सुमन शर्मा जमरकट्टेल, उमेश खतिवडा, भूपाल शिवाकोटी र लोकबहादुर माझी रहेका छन् ।
1 Comment
Haina nakul ba le bibechana beche ke bisram liye hau? Haait ab kehi hunchh ke yo ta ardha sapthik masik theyo pachi dainik vako
Je hos naya yuwa haruko jos maa niskecha padnu parchh