विर्तामाेड । यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनौट समितिको आज बसेको बैठकले विगत १५ वर्षदेखि पत्रकारिता र साहित्यमा क्रियाशिल भट्टराईलाई उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो ।
डी. कौडिन्यको १५औँ स्मृति दिवशको दिन साउन ७ गते पुरस्कार प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ ।
प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन उद्घाटन सभामा सो पुरस्कार हस्तान्तरण गर्ने निर्णय भएको छनौट समिति संयोजक टीकाराम उप्रेतीले जानकारी दिए ।
Facebook Comments Box