Author: admin

झापा । ताप्लेजुङमा मतगणना जारी छ । नेकपा एमालेका सचिव योगेश भटराईले १४३०२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले १४७५८ मत ल्याएका छन् । भट्टराई ४५६ मतले पछि परेका छन् ।

Read More

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् ।

Read More

काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन् । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् ।

Read More

काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

Read More

काठमाडौं । काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराउँदै कांग्रेसका युवा नेता प्रदिप पौडेल विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मतगणनामा पौडेल प्रतिनिधि सभा सदस्यमा विजयी बनेका हुन् ।

Read More

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र भएको ताप्लेजुङमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्। पछिल्लो तथ्यांक अनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले लिड गरेका छन् । उनले ७५५ मत पाएका छन् । नेकपा एमालेका सचिव योगेश भट्टराई ५६२ मतका साथ दोस्रो स्थानमा छन् ।

Read More

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र-५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनी अग्रस्थानमा छन् । अध्यक्ष ओलीले १८ हजार ६७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ९१२ मत प्राप्त गरेका छन् ।

Read More

काठमाण्डौँ। नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतगणनामा समानुपातिकतर्फ १ लाख मत पुर्‍याएको छ । अहिलेसम्म एमालेले १ लाख ६ हजार ९४ मतसहित अग्रता कायम राखेको छ । यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले ९० हजार ५ सय ५३ मत प्राप्त गरेको छ । ४७ हजार ५३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ । यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३९ हजार ७ सय ४६ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको राप्रपाले २६ हजार ५ सय ३९ मत प्राप्त गरेको छ ।

Read More

झापा । झापाको क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार ओलीले १५ हजार ५१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८९५५ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३१ हजार १ मत गनिसकिएको छ ।

Read More

काठमाडौं । काठमाडाैँ- ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी हुने पक्का भएकाे छ। जित पक्का हुने भएपछि उनका समर्थकहरू बुढानीलकण्ठस्थित नागरिक आराेग्य सेवा केन्द्रमा ठूलाे संख्यामा जम्मा भएका छन्। हालसम्म गगन थापाले २१ हजार ३०३ मत ल्याएका छन् । नेकपा एमालेका राजन भट्टराई १३ हजारले ८५५ मत ल्याएका छन्।

Read More