झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र-५ बाट अग्रता कायम राखेका छन् ।
मतगणनाको शुरुआत देखि नै उनी अग्रस्थानमा छन् ।
अध्यक्ष ओलीले १८ हजार ६७१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ९१२ मत प्राप्त गरेका छन् ।
Facebook Comments Box