Author: admin

काठमाडौं–सप्तकोशी बाँधको सुरक्षाप्रति भारतीय पक्षले देखाएको ‘संग्दिध चासो’ र दाबीप्रति नेपाल सरकार औपचारिक रुपमा बेखबर छ । सप्तकोशी बाँध ध्वस्त पारिदिने ३ वटा अन्तर्राष्ट्रिय इस्लामिक अतिवादी संगठनको हवला दिँदै भारतले सुरक्षा मजबुत बनाउन नेपाललाई परिपत्र गर्दा समेत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले उसबारे औपचारिक धारणा बाहिर ल्याएका छैनन् । भारतीय पत्राचारपछि ब्यारेज आसपास तथा सुनसरी, सप्तरी र मोरङ जोड्ने नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ । अस्वभाविक रुपमा बढाइएको सुरक्षा तैनाथी र खानतलासपछि सप्तकोशी ब्यारेज हुँदै आवतजावत गर्ने नेपालीले सास्ती ब्यहोर्नुपरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

विर्तामोड । निरन्तरको वर्षासँगै झापाका विभिन्न खोलानालामा आएको बाढीले धनजनको थप क्षति पुर्याउन सक्ने भन्दै सचेत रहन प्रहरीले सबैमा अनुरोध गरेको छ । एक सातादेखि निरन्तरको वर्षाका कारण झापाका नदीनालामा पानीको सतह बढेको छ । बाढीसँगै बगेर आएको काठ तथा दाउराको लोभमा परेर खोलामा नपस्न प्रहरीले अनुरोध गरेको हो । काठ, दाउरा, माछा झिक्न खोलामा पस्दा तथा बाढीको भेलमा पौडी खेल्ने क्रममा डुबेर झापामा ५ जनाको मृत्यु र ३ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दिनहुँ यस्ता घट्न हुन थालेकाले खोलाले बगाएर ल्याएको काठ, दाउराको लोभ नगर्न प्रहरीले अनुरोध गरेको हो । बाढी नघटेसम्म नदी किनारमा…

Read More

काठमाडौं–विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ । सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो । विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले बताए । गृह मन्त्रालयबाटै निर्णय गरेर विमानस्थलमा कमान्डो तालिम गरेका प्रहरीलाई खटाइएको हो । एसएलआर हतियार बोक्ने कार्यदलका प्रहरीलाई दुई किसिमको जिम्मेवारी दिइएको हो । एक टोलीले गोल्डेनगेटदेखि विमानस्थलको भित्री भागसम्म नियमित पेट्रोलिङ गरेको छ । अर्को टोली उडान समयमा प्रस्थान र आगमन कक्षको वरिपरि स्ट्यान्डबाई…

Read More

बिर्तामोड  ।  झापाको बिर्तामोडस्थित एक होटलमा हारमारको बाजी राखेर तास खेलिरहेको अवस्थामा प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । बिर्तामोड–१ स्थित सगरमाथा होटल एण्ड लजमा एक समूहले होहल्ला गरी तास खेलिरहेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्कबहादुर खत्रीले बताए । नगदसमेत बाजी राखी तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । सो स्थानबाट नगद ५९ हजार ७० रुपैयाँ तथा तीन बुङ ताससमेत बरामद गरिएको डीएसपी खत्रीले बताए । यसैबीच, जिल्ला प्रशासन कार्यालय झापाले बरामद गरिएको रकम जफत गरी जुवाडेलाई जनही ४ हजार रुपैयाँका दरले जरिवाना गराएर छोडेको प्रहरीले जनाएको छ । अाजकाे प्रतिदिन दैनिकमा…

Read More

काठमाडौं–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ । आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो । आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो । स्थायी अध्यापन अनुमति पत्र लिएकाले मात्रै आवेदन दिएका हुन् । शिक्षकका लागि यसपालि सबैभन्दा बढीले आवेदन दिएको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताए । आयोगले ०६९ मा प्रावि, निमावि र माविको १३ हजार ५९ पदमा विज्ञापन गर्दा चार लाख…

Read More

केचना । केही साता देखिको अविरल बर्षाका कारण देशका बिभिन्न स्थानमा मानव तथा भौतिक क्षति हुने क्रम जारी छ । देशका बिभिन्न स्थानमा हालसम्ममा ६६ जनाकाे ज्यान गइसकेको छ भने हजारौं बिस्थापित भएका छन् । त्यस्तै गृहमन्त्रालयका अनुसार ३१ जना घाइते भएका छन् भने १५ जना मानिसहरु अझै हराइरहेका  छन् ।   झापामा पनि हाल सम्ममा ६ जना को ज्यान गइसकेको छ भने ३ जना  बेपत्ता भएका छन् । त्यसैगरी हजारौं घर दुबानमा परेका छन् भने हजारौं परिवार बिस्थापित पनि बनेका छन् । झापामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको दैबि प्रकोप उद्दार समिति, नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रहरी, नेपाली सेना, राजनितिक…

Read More

भद्रपुर । ओम साई पाथीभरा हस्पिटलले अविरल वर्षाका कारण विस्थापित भएका भद्रपुर–१ भैसाबाडीका बाढीपीडितलाई लक्षित गरी मङ्गलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा बाढीपीडितको स्वास्थ्य जाँचसहित निः शुल्क औषधि वितरण गरिएको थियो । हस्पिटलका प्राविधिक टोलीसहित डा. प्रविणकुमार यादव र डा.सवु काफ्लेले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा १० जना गर्भवती महिलासहित करिब सवासय बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा रोटरी क्लब भदपुरले १० जना गर्भवती महिलाका लागि औषधि तथा भिटामिन वितरण गरेको ओम साई पाथीभरा हस्पिटलका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए ।

Read More

काठमाडौँ। लगातारको वर्षातले देशका विभिन्न भू–भागमा आएको बाढी, पहिरो र डुबानले उत्पन्न सङ्कटलाई तत्काल सम्बोधन गर्न सरकारले रु ७५ करोड निकासा गर्ने निर्णय गरेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा आज बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले घटनाबाट पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि तत्काल सो रकम सम्बन्धित जिल्लामा निकासा गर्ने निर्णय गरेको हो । बाढी, पहिरोका घटनामा पीडितको उद्धार र राहतका लागि समन्वयात्मक र तदरुपताका साथ कार्य गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै बैठकले घटनाको उद्धार, राहत र नदीको कटान, सम्भावित ठाउँमा तटबन्ध भत्काउने खतरा भए ती ठाउँमा तत्काल प्राथमिकताका साथ काम गर्न आग्रह गरेको छ । उक्त…

Read More

बागलुङ ।   अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी बागलुङको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ। राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ र २२ वर्षकी भतिजी डिकी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। सन्तबहादुर र उनकी श्रीमती सुशीला तामाङ गम्भीर घाइते भएका छन्। यस्तै दर्लिङ–२ का हर्कबहादुर बुढामगरको घर पहिरोमा पुरिँदा उनकी १८ वर्षीया छोरी यमुना बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए। बुढामगरको श्रीमती देवी बुढामगर र छोरा राजु बुढामगर पहिरोमा परी बेपत्ता रहेको उनले जानकारी दिए। यस्तै दर्लिङ–९ का ७८ वर्षीय दके पुनको गोठ भत्किँदा च्यापिएर मृत्यु…

Read More

पर्वत – अविरल बर्षासँगै पहिरो जाँदा पर्वतको माझफाँट–३ मा एक जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् । मंगलबार राति १ बजे ५० मिटरमाथिबाट झरेको पहिरोले माझफाँट–३ मा सञ्चालित धवलागिरी कपास उद्योगमा क्षति पुर्‍याउँदा उद्योगमा बस्ने १२ वर्षकी अंकिता तामांग थापाको ज्यान गएको हो । पहिरोले पुरिएर घाइते भएकी अंकिताको उद्धार गरी उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजाने क्रममा गर्दा बाटैमानै ज्यान गएको प्रहरीले जनाएको छ । कपास उद्योगको केही भागमा पहिरोले क्षति पुगेको छ । घाइते मध्ये ७ जना म्याग्दी जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किसकेका छन् भने बायाँ खुट्टामा गम्भीर चोट लागेका ३२ वर्षका सुवास…

Read More