पर्वत – अविरल बर्षासँगै पहिरो जाँदा पर्वतको माझफाँट–३ मा एक जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् ।
मंगलबार राति १ बजे ५० मिटरमाथिबाट झरेको पहिरोले माझफाँट–३ मा सञ्चालित धवलागिरी कपास उद्योगमा क्षति पुर्याउँदा उद्योगमा बस्ने १२ वर्षकी अंकिता तामांग थापाको ज्यान गएको हो ।
पहिरोले पुरिएर घाइते भएकी अंकिताको उद्धार गरी उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजाने क्रममा गर्दा बाटैमानै ज्यान गएको प्रहरीले जनाएको छ । कपास उद्योगको केही भागमा पहिरोले क्षति पुगेको छ ।
घाइते मध्ये ७ जना म्याग्दी जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किसकेका छन् भने बायाँ खुट्टामा गम्भीर चोट लागेका ३२ वर्षका सुवास थापाको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box