बागलुङ । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी बागलुङको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ।
राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ र २२ वर्षकी भतिजी डिकी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। सन्तबहादुर र उनकी श्रीमती सुशीला तामाङ गम्भीर घाइते भएका छन्।
यस्तै दर्लिङ–२ का हर्कबहादुर बुढामगरको घर पहिरोमा पुरिँदा उनकी १८ वर्षीया छोरी यमुना बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए। बुढामगरको श्रीमती देवी बुढामगर र छोरा राजु बुढामगर पहिरोमा परी बेपत्ता रहेको उनले जानकारी दिए।
यस्तै दर्लिङ–९ का ७८ वर्षीय दके पुनको गोठ भत्किँदा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
Facebook Comments Box