बिर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलमा हारमारको बाजी राखेर तास खेलिरहेको अवस्थामा प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
बिर्तामोड–१ स्थित सगरमाथा होटल एण्ड लजमा एक समूहले होहल्ला गरी तास खेलिरहेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्कबहादुर खत्रीले बताए ।
नगदसमेत बाजी राखी तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । सो स्थानबाट नगद ५९ हजार ७० रुपैयाँ तथा तीन बुङ ताससमेत बरामद गरिएको डीएसपी खत्रीले बताए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय झापाले बरामद गरिएको रकम जफत गरी जुवाडेलाई जनही ४ हजार रुपैयाँका दरले जरिवाना गराएर छोडेको प्रहरीले जनाएको छ । अाजकाे प्रतिदिन दैनिकमा खबर छ ।
Facebook Comments Box