केचना । केही साता देखिको अविरल बर्षाका कारण देशका बिभिन्न स्थानमा मानव तथा भौतिक क्षति हुने क्रम जारी छ । देशका बिभिन्न स्थानमा हालसम्ममा ६६ जनाकाे ज्यान गइसकेको छ भने हजारौं बिस्थापित भएका छन् । त्यस्तै गृहमन्त्रालयका अनुसार ३१ जना घाइते भएका छन् भने १५ जना मानिसहरु अझै हराइरहेका छन् । झापामा पनि हाल सम्ममा ६ जना को ज्यान गइसकेको छ भने ३ जना बेपत्ता भएका छन् ।
त्यसैगरी हजारौं घर दुबानमा परेका छन् भने हजारौं परिवार बिस्थापित पनि बनेका छन् ।
झापामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको दैबि प्रकोप उद्दार समिति, नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रहरी, नेपाली सेना, राजनितिक दलका प्रतिनिधि, स्थानीय निकाय र स्थानीय बासीको अग्रसरतामा झापामा बाढी पीडितहरूलाइ राहत बितरणको काम भइरहेको छ । जसले गर्दा झापामा बाढी पीडितहरुले दुखेसो गर्नभने पाएका छैनन् ।
बुधबार पनि झापाका प्रमुख जिल्ला अधिकारी, स्थानीय बिकास अधिकारी, नेपाल रेडक्रस सोकाइटी झापाका सभापति, प्रहरी प्रमुख, जनस्वास्थ्य प्रमुख, खानेपानी तथा सरसफाई प्रमुख, नेपाली सेना प्रमुख, महिला तथा बाल बालिका कार्यालय प्रमुख र पत्रकार लगायतको उपस्थितिमा झापाको दक्षिणी क्षेत्रको निरीक्षण र राहत बितरणको कार्यक्रम सम्पन्न भएको छ ।
बिग्रेर भत्किएका बाटाे बनाउँदै उक्त टाेली राहत बितरण र बाढी पीडितकाे अवस्था बुझ्न दक्षिणी झापाकाे केचना, पाठामारी हुँदै भैंसाबाडी पुगेकाे थियाे ।

राहत वितरण कार्यक्रममा झापाको भद्रपुर नगरपालिका १ को भैंसाबाडीका १२६ घरका ६३६ जना बाढी पीडितलाई नेरेसा झापाको तर्फबाट २५ थान र कम्बल ४० थान वितरण गरियो । उनीहरूलाई हाल हिमाली उच्च मावी पृथ्वीनगरमा राखिएको छ । बाढीबाट घर डुवानमा परेका उनीहरुलाई नगरपालिका कार्यालय भद्रपुर, नेपाल रेडक्रस सोसाइटी र बिभिन्न संघ संस्थाहरुले सामुहिक आवास र भोजनको ब्यवस्था गरिरहेका छन् । स्थानीय प्रकाश उप्रेतीको अग्रसरतामा उक्त कार्यको ब्यवस्थापन भइरहेको छ ।
त्यसैगरी केचना गा.वि.स. वडा नं. ६,७ र ८ बाट विस्थापीत १६० परिवारलाई पनि राहत बितरण गरिएको छ । राहतमा उनीहरूलाई त्रिपाल ४५ थान, कम्बल ८० थान र केटाकेटीहरुको लागि तयारी कपडा १०० थान वितरण गरियो । उनीहरूलाई हाल महेन्द्र रत्न निमावि केचनामा राखिएको छ । बाढीबाट बिस्थापित उनीहरुलाई केचना गाविस, बिभिन्न संघ संस्था तथा सीमा सुरक्षा प्रहरी चाैकी केचनाको अग्रसरतामा सामुहिक भोजनको ब्यवस्था गरिएको छ ।

त्यसैगरी मेची नदीको भङ्गालो गाउँ पसेपछि बिस्थापित बनेका पाठामारी गाविसका नागरिकलाई पनि राहत बितरण गरिएको छ । स्थानीय स्वास्थ चौकी तथा स्कुलमा बसिरहेका पाठामारी गा.वि.स. वडा नं.३ ,४ र ६ बाट विस्थापीत १६५ घरका परिवारलाई १० थान त्रिपाल, २४ थान कम्बल वितरण गरियो । उनीहरूलाई पनि सामुहिक भोजनको व्यवस्था पाठामारी गाविस र स्थानीय संघ संस्थाले गरिरहेका छन् ।
झापामा पाँच सय बाढी पीडितका एक हजार पाँच सय जनालाई विभिन्न विद्यालयहरुमा राखिएको छ । उनीहरु कोही पनि भोकै बस्नु नपरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए । उनले भने, ‘हामीले बाढी पीडित पहिला रेस्क्यु गर्यौं । अब उहाँहरुको खानपिन, स्वास्थ्य जाँचको विषयमा ध्यान दिएका छौं ।’ उनले बुधबार दक्षिणी झापाका सबै बाढी पीडितसंग भटेर समस्याका बारेमा सोधेका थिए ।
किरात काेलाेनी र लाेकतान्त्रीक खेलकुद संघले पनि दियाे बाढी पीडितलाई राहत
भद्रपुर नगरपालिकाे किरात कल्याण समिति र लाेकतान्त्रीक खेलकुद संघले संयुक्त रूपमा राहत रकम बितरण गरेका छन् । उनीहरूले केचना का बाढी पीडितलाइ १५ हजार र पाठामारीका बाढीपीडितलाई पनि १५ हजार सहयाेग गरेका हुन् । लाेकतान्त्रीक खेलकुद संघका मनाेज सुब्बा र टार्जन सुब्बाले उक्त राहत रकम बाढी पीडित व्यवस्थापन समिती र गाविस सचिवलाई संयक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
![]()