विर्तामोड । निरन्तरको वर्षासँगै झापाका विभिन्न खोलानालामा आएको बाढीले धनजनको थप क्षति पुर्याउन सक्ने भन्दै सचेत रहन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
एक सातादेखि निरन्तरको वर्षाका कारण झापाका नदीनालामा पानीको सतह बढेको छ । बाढीसँगै बगेर आएको काठ तथा दाउराको लोभमा परेर खोलामा नपस्न प्रहरीले अनुरोध गरेको हो । काठ, दाउरा, माछा झिक्न खोलामा पस्दा तथा बाढीको भेलमा पौडी खेल्ने क्रममा डुबेर झापामा ५ जनाको मृत्यु र ३ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
दिनहुँ यस्ता घट्न हुन थालेकाले खोलाले बगाएर ल्याएको काठ, दाउराको लोभ नगर्न प्रहरीले अनुरोध गरेको हो । बाढी नघटेसम्म नदी किनारमा घाँस काट्नसमेत नजान इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्कबहादुर खत्रीले आग्रह गरेका छन् । उनले बालबालिकालाई भेलबाढीमा पौडी खेल्न जान नदिन अनुरोध गरे । बाढी तथा डुबानको जोखिममा परेमा तत्काल प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय झापाले सबैमा सूचित गरेको छ । अाजकाे प्रतिदिन दैनिकमा खबर छ ।