भद्रपुर । ओम साई पाथीभरा हस्पिटलले अविरल वर्षाका कारण विस्थापित भएका भद्रपुर–१ भैसाबाडीका बाढीपीडितलाई लक्षित गरी मङ्गलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शिविरमा बाढीपीडितको स्वास्थ्य जाँचसहित निः शुल्क औषधि वितरण गरिएको थियो । हस्पिटलका प्राविधिक टोलीसहित डा. प्रविणकुमार यादव र डा.सवु काफ्लेले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा १० जना गर्भवती महिलासहित करिब सवासय बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा रोटरी क्लब भदपुरले १० जना गर्भवती महिलाका लागि औषधि तथा भिटामिन वितरण गरेको ओम साई पाथीभरा हस्पिटलका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए ।
Facebook Comments Box