Author: admin
काठमाण्डौ । विगतका वर्षमा समयमै पानी नपरेर हैरान किसान यस वर्ष भने अत्याधिक वर्षाका कारण पिडीत बनेका छन् । वर्षा सँगै आएको बाढीपहिरोका कारण हाल सम्म ७९ हजार हेक्टरमा लगाईएको बाली नष्ट भएको छ । यो वर्षको वर्षात शुरु भएदेखि आएको बाढिपहिरो कटान र डुबानका कारण धानबाली सहित तरकारी खेती मकै बाली माछापोखरी लगायतमा क्षति पुगेको छ । पाँच विकास क्षेत्रअन्तर्गत २४ जिल्लाका किसान प्रकोपबाट प्रत्यक्ष प्रभावित भएको कृषि विभागको तथ्यांक छ । आजको कारोबार अार्थिक दैनिकमा खबर छापिएको छ । बाढीपहिरोका कारण करिब साढे ३ करोड रुपैयाँबराबरको बालीनाली क्षति भएको अनुमान छ । वर्षात्को कारण सबैभन्दा ठूलो क्षति पश्चिमाञ्चलका…
काठमाडौं– सरकारका मुख्यसचिव डा। सोमलाल सुवेदीले श्रीलंकामा अलपत्र ९० भन्द बढी महिलालाई जतिसक्दो चाँडो उद्धार गरी नेपाल फर्काउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मुख्य सचिव सुवेदीले मन्त्रालयका सचिवहरुलाई बोलाएर तत्काल पीडित महिलाको उद्धार गर्न निर्देशन दिएका हुन् । इराक, कुवेत, ओमनलगायत मुलुकमा धेरै आम्दानी हुने काम लगाइदिन्छु भन्दै श्रीलंका र्पुयाइएका ९० जनाभन्दा बढी नेपाली महिलालाई त्यहाँको एउटा घरमा थुनेर राखिएको छ । श्रीलंकाबाट नेपाल र्फकन सफल ४१ वर्षीया मनमाया दनुवारले त्यहाँ अलपत्र दिदीबहिनीको उद्धार गरिदिन सरकारलाई गुहारेकी हुन् । उदयपुर गाईघाटकी मनमायाले गत असार १० गते एजेन्टलाई दुई लाख रुपैयाँ बुझाएपछि त्यसको भोलिपल्ट बिहानै उनलाई स्वयम्भूबाट नयाँदिल्ली जाने बस…
काठमाण्डौ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ । सात वर्षपछि दोस्रोपटक नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका ६१ वर्षीय दाहालले भारतलगत्तै चीन भ्रमण गरेर कूटनीतिक सन्तुलन कायम गराउने योजना बनाएका हुन् । यसअघि प्रधानमन्त्री हुँदा दाहालले पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री पदमा शपथग्रहण गरी पदभार नसमाल्दै मोदीले दाहाललाई दिएको भारतको औपचारिक भ्रमणको निमन्त्रणापत्र केही दिनभित्रै भारतीय राजदूत रन्जित रेले दाहाललाई भेटेर हस्तान्तरण गर्ने…
काठमाण्डौ । करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको शव पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन। मृत्यु भएको खबर पुष्टि भए पनि शव भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु वीरबहादुरले कुशको शव बनाएर छोराको किरिया गरे। अाजको कान्तिपुर दैनिकमा खबर छ । किरियाको वर्षौंपछि साउदी अरबको रियादस्थित दूतावासले गत वैशाखमा खत्रीको परिवारलाई खबर पठायो, ‘तपाईंको छोराको शव फेला पर्यो।’ तर यस्तो सूचना पाएको तीन महिना बितिसक्दा पनि शव नेपाल ल्याइएको छैन। शव ल्याउने पहल गर्न गत जेठमा वीरबहादुर बाँके ए गाउँ सीतापुरबाट काठमाडौं आएका थिए। त्यतिबेला परराष्ट्र मन्त्रालयदेखि कन्सुलर शाखासम्म र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि…
काठमाण्डौ । ट्यांकरबाट वितरण गरिएको अत्यधिक प्रदूषित पानीका कारण उपत्यकामा हैजाले प्रकोपको रूप लिएको पुष्टि भएको छ । विगत एक महिनादेखि ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारक दिसा मिश्रित प्रदूषित पानी ‘कोलिफर्म’ भएको स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ । आजको अन्नपुर्ण दैनिकमा खबर छ । हैजाका संक्रमितले पिउँदै आएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ५० प्रतिशत पानीको नमुना दिसा मिश्रित प्रदूषित भएको फेला परेको हो । महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र जोन हप्किन्स विश्वविद्यालयबाट खटिएको टोलीले स्थलगत अध्ययनपछि संकलन गरेको ९६ वटा पानीका नमुना जाँच…
काठमाण्डौ । केपी ओली नेतृत्व सरकारद्वारा प्रस्तावित राजनीतिक दलका कोटाका राजदूतको सुनुवाइ के गर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समितिभित्रै मतभेद भएको छ । राजदूत सिफारिस गर्ने सरकार ढलेर नयाँ बनिसकेको भन्दै केही सदस्यले सुनुवाइ रोक्न सभापतिलाई सुझाव दिएका थिए । आजकझ कान्तिपुर दैनिकमा खबर छ । कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले करिअरको सकिएपछि अरूको सुनुवाइलाई एक दिन रोकौं भने । उनले बुधबारै करिअर राजदूतको नाम समितिले सकेर बिहीबार खाली राख्न आग्रह गरे । एमाले र माओवादी केन्द्रका सभासदले भने लगातार अघि बढौं भनेका थिए । कांग्रेसका बालकृष्ण खाँडले पनि सुनुवाइ अघि बढाऔं तर नियुक्ति गर्ने या नगर्ने त सरकारको निर्णय…
साउन २० काठमाण्डौ । निजामती सेवामा एक लाख १८ हजार पाँच सय ७६ दरबन्दी छ। हाल ८३ हजार पाँच सय ५८ कर्मचारी कार्यरत रहेको निजामती किताबखानाको तथ्यांक छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। विभिन्न सेवा र श्रेणीमा अझै ३५ हजार १८ दरबन्दी अझै रिक्त छ। अहिलेका कर्मचारीलाई संघीय संरचनाअनुसार कसरी व्यवस्थापन गर्ने भन्नेबारे अध्ययन भइरहेको छ। तर, रिक्त दरबन्दीमा कर्मचारी भर्नासमेत रोकिएको छैन। सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले भने अत्यावश्यक पदबाहेकमा भर्ना प्रक्रिया रोकिने बताए। शर्माले भने,‘अब अत्याश्यकबाहेक ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने सम्भावना छैन, कडाइ हुन्छ।’ केही समयअघि मात्रै प्रधानमन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना…
साउन २० काठमाण्डौ । दक्षिण एसियामा सबैजसो विषयमा नेपाल अन्य मुलुकभन्दा पछाडि छ। सरकारको सख्या हेर्ने हो भने चाहिँ नेपाललाई कुनैले उछिन्न सक्दैन। २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनायता नेपालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन्। दक्षिण एसियाली देशमध्ये यही अवधिमा सवैभन्दा कम सरकार भने बंगलादेशमा ६ वटा मात्रै बनेका छन्। नागरिक दैनिकमा समाचार छ। औसतमा दशसदेखि ११ सरकारले यो क्षेत्रका देशको शासन चलाइरहेका छन्। राजनीतिक अस्थिरताको परिणाम नेपालमा भने २५ वर्षमा २४ सरकारले शासन गरेका छन्। कृष्णप्रसाद भट्टराईलाई छोडेर संसदीय व्यवस्था अंगालेयताको अवधिमा वुधवार निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड २३ औं प्रधानमन्त्री हुन्। यहीबीच राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनदेखि…
भद्रपुर । शान्तिनगर १ की बालिका तनुजा शर्माले चामल चोरेको देखेपछि उनलाई राजकुमार राजवंशीले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गत साउन ४ गते राति बुधबारे ५ स्थित मावल घर छुट्टी मनाउन आएकी शान्तिनगर १ झापाकी तनुजा कोइरालाको उनको मावल घरमै श्रमिक बसेका राजकुमार राजवंशीले हत्या गरेको खुलेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शैलेस थापा क्षेत्रीले जानकारी दिए । बुधबार जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक थापा क्षेत्रीले हालसम्मको अनुसन्धानबाट राजवंशीले आफू श्रमिक बसेकै घरमा राति चामल चोरी गर्दा बालिका कोइरालाले देखेपछि राजवंशीले बालिकाको हत्या गरेको बताए । प्रहरी उपरीक्षक थापाले भने, ‘चामल चोरेको बालिकाले…
काठमाडौँ । साहित्यकार तथा पत्रकार डिल्लीराम निर्भिकको आज ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित स्वाभिमानी तथा देशभक्त पत्रकार निर्भिकको बिजुली बजारस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । विसं १९९५ माघ २ गते शान्तिपुर इलाममा उनको जन्मभएको थियो । उनले पहिलो पटक २०१६ सालमा शानिश्चरे मावि झापा ‘उषा’ मुखपत्रबा साहित्य यात्रा सुरु भएको थियो । त्यस्तै, २०२२ सालदेखि पत्रकारिता सुरु भएको थियो । विसं २०३१ मा प्रहरी ज्यादती विरुद्ध समाचार लेख्दा पत्रकार निर्भिक जेल समेत जानुभएको थियो । मेचीमा सीमा अतिक्रमण विरुद्ध निकै कडा रुपमा साहित्य तथा पत्रकारितामार्फत उनले कलम चलाएका…