भद्रपुर । शान्तिनगर १ की बालिका तनुजा शर्माले चामल चोरेको देखेपछि उनलाई राजकुमार राजवंशीले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गत साउन ४ गते राति बुधबारे ५ स्थित मावल घर छुट्टी मनाउन आएकी शान्तिनगर १ झापाकी तनुजा कोइरालाको उनको मावल घरमै श्रमिक बसेका राजकुमार राजवंशीले हत्या गरेको खुलेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शैलेस थापा क्षेत्रीले जानकारी दिए ।
बुधबार जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक थापा क्षेत्रीले हालसम्मको अनुसन्धानबाट राजवंशीले आफू श्रमिक बसेकै घरमा राति चामल चोरी गर्दा बालिका कोइरालाले देखेपछि राजवंशीले बालिकाको हत्या गरेको बताए ।
प्रहरी उपरीक्षक थापाले भने, ‘चामल चोरेको बालिकाले देखेपछि सुरुमा बालिकाको मुख थुन्ने प्रयास राजवंशीबाट भएको देखिन्छ । मुख खोलिदिँदा फेरि आवाज निकालेपछि आफूसंग रहेको चक्कु प्रहार गरि बालिकाको हत्या गरेको राजवंशीले स्वीकार गरेका छन् ।’ थापाले राजवंशीबाट बालिकामाथि बलात्कार प्रयास समेत भएको बताए ।
थापाका अनुसार बालिकाको हत्या गरिसकेपछि राजवंशी उनी बसेकै घर धनीको साइकल लिएर राति नै त्यहाँबाट हिँडेका थिए । भालिपल्ट भद्रपुरमा साइकल बेचेर गाडी चढेर विराटनगर हुँदै भारततिर राजवंशी लागेको प्रहरीको भनाई छ ।
भारत लागेका राजवंशीलाई नेपाल ल्याउन निकै कसरत गर्नुपरेको प्रहरी उपरीक्षक थापाले बताए । उनले नेपाल प्रहरीले भने नेपालको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ महेन्द्रनगर गड्डाचौकीबाट नियन्त्रणमा लिएको बताए । राजवंशीलाई जिल्ला अदालत झापाबाट कर्तब्य ज्यान मुद्धामा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
2 Comments
लौ ! त अब यसलाई प्रहरी हिरासतबाट जसरी हुन्छ बाहिर ल्याएर खोलामा लगेर पूजा गरेपछि टाउको बाहेक शरीर टाटापिटी बास्ना आउने गरी पोलेर छाडिदिने स्यालले थाहा पाउन्।
#Salute to nepal police