Author: admin
काठमाडौं । आगामी बहुमतीय सरकारको नेतृत्व लिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुरक्षित बहुमतका लागि दौडधुप थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय सकिन लागेपछि बहुमतीय सरकार गठनमा प्रचण्ड सक्रिय बनेका हुन् । उनले औपचारिकताका लागि शनिबार एमाले अध्यक्ष केपी ओलीदेखि सत्ता साझेदार कांग्रेस सभापति शेरबाहादुर देउवा र मधेसी मोर्चाका नेताहरुसँग भेटवार्ता गरेका आजको राजधानी दैनिकमा समाचार छ । सहमतीय सरकारकै लागि ओली सरकारविरुद्ध अविश्वसको प्रस्ताव ल्याएको दाबी गर्दै आएका दाहालले राष्ट्रपतिले दिएको समय गुज्रन लाग्दासम्म कुनै छलफल गरेका थिएनन् ।
काठमाडौं – मकवानपुरको मनहरी ३ रमनटारमा दुईवटा बस आपसमा जुध्दा ९ जनाको ज्यान गएको छ । ३२ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०६४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ५ ख ५०५५ नम्बरको बस आपसमा ठोक्किँदा ९ जनाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । घाइते ३२ जनाको चुरेहिल अस्पतालमा भइरहेको छ । ज्यान गुमाएका ९ जनाको शव हेटौडा अस्पतालमा राखिएको छ । राति १२ बजेर ४० मिनेटमा बस जुधेको प्रहरीले जनाएको छ ।
स्विजरल्याण्ड । युरोपमा नै चर्चित रहेका गायककार तुलसी शिवाकोटीको ‘ ओठैले ‘ बोलको गितको म्युजिक भिडियो तयार भएको छ । जसको प्रोमो सार्बजनिक भएको छ । म्युजिक भिडियोमा प्रवेश ढुंगाना ,अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ। दिलिप समनले निर्देशन गरेको भिडियो नेपालमा नै छायांकन गरिएको हो । श्रीराम अधिकारीकोको शब्द संकलन रहेको उक्त गितमा संगीत भने रियाज शिवाकोटीको रहेको छ । मुहार एल्बममा रहेको यो गित धेरै स्रोताहरु , संगीत प्रेमीहरुको मन जित्न सक्ने गायक सिवाकोटीले बताए । केहि दिन अगाडी साबजनिक गरिएको ‘ गर्नु गर्यो इन्टरनेट ले ‘ बोलको गित छोटो समय मा नै लाखौ नेपालीहरुले मन पराएका थिए ।…
काठमाडौं – भ्रष्टाचार अन्त्य गर्दै स्वास्थ्य क्षेत्र सुधारको अभियानमा लागेका डाक्टर गोविन्द केसीको अगुवाईमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । सरकारले केसीका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै उनले पाँच दिन अघि १५ दिन लामो अनसन तोडेका थिए । डाक्टर केसीले सरकारसँग सहमति भएपछि अनसन तोडेपनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पूरा नभएको भन्दै अब खाएरै लड्ने दिन सुरु भएको बताएकाछन् । #WalkwithDrKC #IamPaagal #IamwithDrKC अभियान चलाउँदै आएका युवाहरुको आह्वानमा प्रदर्शन भएको हो । हजारौंको सहभागितामा माइतीघरबाट र्याली सुरु भएको हो । माइतीघर मण्डलाबाट सुरु भएको पदयात्रा बानेश्वर पुगेर कोणसभामा परिणाम भएको थियो ।
काठमाडौं – तेह्रौँ दक्षिण एशियाली खेलकुद आयोजनाका लागि दुई वटा उपसमिति गठन भएका छन् । युवा तथा खेलकुद मन्त्री तथा साग तयारी तथा ब्यवस्थापन समितिका संयोजक सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको संयोजनकत्वमा कार्यसम्पादन तथा सहजीकरण उपसमिति र समितिका सदस्य टासी घलेको संयोजकत्वमा पुर्वाधार तयारी उपसमिति बनाएको हो । पूर्वाधार उपसमितिले १५ दिनभित्र पूर्वाधार सम्बन्धी प्रतिवेदन पेश गर्ने सदस्यसचिव विष्टका प्रेस सल्लाहकार रोहीत दाहालले जानकारी दिनुभयो । बैठकले १३ आैँ सागको सचिवालयमा राखेपको सातदोबाटोस्थित कार्यालयमा राख्ने तथा समयमै प्रतियोगिता आयोजना गर्ने संकल्प प्रस्ताव पनि पारित गरेको छ ।
काठमाडौं – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मोर्चा सम्मिलित कार्यदल गठन गरिएको छ । मोर्चाका माग र सरकारमा सहभागी हुने मस्यौदा तयार गर्न कांग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीनतीन जना सदस्य रहनेगरि कार्यदल बनाइएको र कार्यदलमा रहने नेताको नाम बेलुकासम्ममा टुंगो लगाइने कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
काठमाण्डाैं । बुद्ध, मिएण्ड नेपालले भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १०० फुट अग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ साउन १४ गते राजधानीको प्रज्ञाभवनमा “बुद्ध, म र नेपालमनोरञ्जन साँझ २०७३“ नामक एक भब्य मनोरन्जनात्मक साँगितिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सुरुवात चर्चित गायिका कोमल ओलीले आफ्नाच र्चित गीतहरु गाएर गरिन । उनको पछील्लो समयमा चर्चित रहेको तिज गीत ‘पोइ पाउँभनेर गीत गाउँने लास्टै चोटि हो’ लगायतका गीत दर्शकहरु संगै नाच्दै गाएकी थिईन । कार्यक्रममा चर्चित हास्य कलाकारहरु किरण के.सी, शिवहरि पौड्याल र सबिता गुरुङको प्रहसनले धेरैलाई हसाएको थियो । उनीहरुले देशको परिस्थितीको वारेमा व्यगंतामक रुपले राजनीतिलाई घोचपेच गरेका थिए । त्यस्तै…
सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघको नयाँ कार्य समितीमा कुमारमणि पोखरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल सबै पदमा विजयी भएको छ । प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कुमारमणि पोखरेलले ४४६ मत प्राप्त गर्दै साझा प्यानलको तर्फबाट अध्यक्ष पदमा उठेका लीलाप्रसाद चिमरियालाई पराजित गरेका हुन् । १८ मतको अग्रताले जितेका पोखरेलका प्रतिष्पर्धी चिमरियाले ४२८ मत प्राप्त गरे । शुक्रबार भएको मतदानको मत परिणाम आज बिहान सार्वजनिक सार्वजानिक भएको हो ।
दमक । गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र आज बिहान मृत अवस्थामा फेला परेका छन् । मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेला परेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिए । मिश्र गौरादह– ११ स्थित चन्द्रबहादुर दाहालको घर नजिकै मृत अवस्थामा भेटिएका थिए । उनले के कारणले आत्महत्या गरेका हुन् वा कसैले हत्या गरेका हुन् खुल्न सकेको छैन । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले मृतकको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको जनाएको छ ।
झापा । गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र आज बिहान मृत अवस्थामा फेला परेका छन् । मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेला परेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिए । मिश्र गौरादह– ११ स्थित चन्द्रबहादुर दाहालको घर नजिकै मृत अवस्थामा भेटिएका थिए । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीयले मिश्रलाई हत्या गरेर झुण्डाएको हुन सक्ने दाबी गरेका छन् । प्रहरीले मृतकको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको जनाएको छ । रासस