काठमाडौं – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मोर्चा सम्मिलित कार्यदल गठन गरिएको छ ।
मोर्चाका माग र सरकारमा सहभागी हुने मस्यौदा तयार गर्न कांग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीनतीन जना सदस्य रहनेगरि कार्यदल बनाइएको र कार्यदलमा रहने नेताको नाम बेलुकासम्ममा टुंगो लगाइने कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
Facebook Comments Box