सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघको नयाँ कार्य समितीमा कुमारमणि पोखरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल सबै पदमा विजयी भएको छ ।
प्यानलबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कुमारमणि पोखरेलले ४४६ मत प्राप्त गर्दै साझा प्यानलको तर्फबाट अध्यक्ष पदमा उठेका लीलाप्रसाद चिमरियालाई पराजित गरेका हुन् । १८ मतको अग्रताले जितेका पोखरेलका प्रतिष्पर्धी चिमरियाले ४२८ मत प्राप्त गरे ।
शुक्रबार भएको मतदानको मत परिणाम आज बिहान सार्वजनिक सार्वजानिक भएको हो ।
Facebook Comments Box