काठमाण्डाैं । बुद्ध, मिएण्ड नेपालले भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १०० फुट अग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ साउन १४ गते राजधानीको प्रज्ञाभवनमा “बुद्ध, म र नेपालमनोरञ्जन साँझ २०७३“ नामक एक भब्य मनोरन्जनात्मक साँगितिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सुरुवात चर्चित गायिका कोमल ओलीले आफ्नाच र्चित गीतहरु गाएर गरिन । उनको पछील्लो समयमा चर्चित रहेको तिज गीत ‘पोइ पाउँभनेर गीत गाउँने लास्टै चोटि हो’ लगायतका गीत दर्शकहरु संगै नाच्दै गाएकी थिईन ।
कार्यक्रममा चर्चित हास्य कलाकारहरु किरण के.सी, शिवहरि पौड्याल र सबिता गुरुङको प्रहसनले धेरैलाई हसाएको थियो । उनीहरुले देशको परिस्थितीको वारेमा व्यगंतामक रुपले राजनीतिलाई घोचपेच गरेका थिए । त्यस्तै दिपकराजगिरी, दिपाश्री निरौलाको पृथक प्रस्तुतीले दर्शकलाई थप मनोरंजन प्रदान गरेको थियो ।
सुरेन्द्र के.सी., शिवशंकर रिजालको प्रहसनले गौतम बुद्धको जन्म स्थान र संस्थाको उद्देश्य अनुरूपको सन्देश मुलकमनोरंजन दिएको थियो ।कार्यक्रममा शंकर वि.सी. र पार्वती राईको नृत्यमा दर्शकहरु निकै रमाएका थिए ।
त्यसै गरि नायक सुशिल छेत्रीतथानायीकातथानिर्मात्री जेनीकुँवरको नृत्यलाईपनिदर्शकहरुले हुटिङ्ग दिइरहेकाथिए । गायक डिजराज पौडेलले आफ्नो निकै चर्चित गित ‘तिमी आउने बाटोमा’ गाउँदा दर्शकहरु मन्त्र मुग्ध भएका थिए ।
राजेश पायल राइले आफ्ना चर्चित गीत गाएर थप मनोरन्जन प्रदान गरे । कार्यक्रम संचालनको जिम्मा लिएका हास्यकलाकार मनोज आचार्य र विल्सन विक्रम राईले पनि दर्शकहरुलाई पटकपटक हसाएको थियो । बुद्ध, मिएण्ड नेपाल नामक संस्था नेपालको ७५ वटै जिल्लामा १०० फुटभन्दाअग्लो र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने निकै महत्वपूर्ण र महान लक्ष्य बोकेर स्थापना भएको संस्था हो । यसै क्रममा पहिलो पटक सिन्धुपाल्चोक जिल्लाबाट यसको निर्माण गर्ने उद्देश्य अनुरुप यस् कार्यक्रमको आयोजना गरिएको हो ।
यस् योजनालाई साकार वनाउन र सफल वनाउन सहयोगार्थ नियमित कायक्रमको आयोजना गरिने सँस्थाका अध्यक्ष गौतम मान सिंहले जानकारी दिनुभयो ।
संस्थामा नेपालका चर्चित कलाकार,व्यापारी,समाजसेवीहरुको संलग्नता रहेको छ । यस अभियानमा सवैको सहभागीता गराउनु पर्छ भन्ने अभिप्राय स्वरुप संस्थाका आजिबन सदस्यहरुले ’शान्तिपूर्ण र बिकसित नेपाल हाम्रो आगमी पुस्तालाई हस्तान्तरण गरौँ ’ भन्ने प्लेकार्ड शो गरेका थिए ।
कार्यक्रममा संकलन भएको रकम सिन्धुपाल्चोक जिल्लामा १०० फुटअग्लो बुद्धको मूर्ति र बुद्ध शिक्षालयमा खर्च गरिने जानकारी संस्थाका उपाध्यक्ष शिवहरि पौडेलले जानकारी दिनु भयो । संस्थामा अध्यक्ष गौतम मान सिंह हुनुहुन्छ, जो रेयुकाई नेपालका अध्यक्ष समेत हुनुहुन्छ । उपाध्यक्षमा कलाकारहरु, किरण के.सी, शिवहरि पौडेल, सुरेन्द्र के.सी महासचिवमा गायिका सुनीता दुलाल, सचिवमा गायक डिजराज पौडेल अन्य सदस्यहरुमा शिवशंकर पानवाला, मृगेन्द्र भट्टराई, अम्बिका डंगोल, उर्मिला श्रेष्ठ हुनुहुन्छ । आजिवन सदस्य बन्न चाहने सदस्यहरु दिन प्रतिदिन बढ्दो रहेको जानकारी संस्थाले दिएको छ ।
आगामी दिनहरुमा पनि विभिन्न कलाकारहरुको साथ लिएर देशै भर उद्देश्य अनुसार गौतम बुद्धले दिएको सन्देश र ज्ञानलाई आत्मसात गर्न प्रेरित गराउन विभिन्न कार्यक्रमहरु आयोजना गरिने जानकारी संस्थाका अर्का उपाध्यक्ष किरण के.सी.ले दिनु भयो ।