काठमाडौं – मकवानपुरको मनहरी ३ रमनटारमा दुईवटा बस आपसमा जुध्दा ९ जनाको ज्यान गएको छ । ३२ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०६४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ५ ख ५०५५ नम्बरको बस आपसमा ठोक्किँदा ९ जनाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइते ३२ जनाको चुरेहिल अस्पतालमा भइरहेको छ । ज्यान गुमाएका ९ जनाको शव हेटौडा अस्पतालमा राखिएको छ । राति १२ बजेर ४० मिनेटमा बस जुधेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box