काठमाडौं – भ्रष्टाचार अन्त्य गर्दै स्वास्थ्य क्षेत्र सुधारको अभियानमा लागेका डाक्टर गोविन्द केसीको अगुवाईमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।
सरकारले केसीका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै उनले पाँच दिन अघि १५ दिन लामो अनसन तोडेका थिए ।
डाक्टर केसीले सरकारसँग सहमति भएपछि अनसन तोडेपनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पूरा नभएको भन्दै अब खाएरै लड्ने दिन सुरु भएको बताएकाछन् ।
#WalkwithDrKC #IamPaagal #IamwithDrKC अभियान चलाउँदै आएका युवाहरुको आह्वानमा प्रदर्शन भएको हो । हजारौंको सहभागितामा माइतीघरबाट र्याली सुरु भएको हो । माइतीघर मण्डलाबाट सुरु भएको पदयात्रा बानेश्वर पुगेर कोणसभामा परिणाम भएको थियो ।
Facebook Comments Box