काठमाडौं – तेह्रौँ दक्षिण एशियाली खेलकुद आयोजनाका लागि दुई वटा उपसमिति गठन भएका छन् ।
युवा तथा खेलकुद मन्त्री तथा साग तयारी तथा ब्यवस्थापन समितिका संयोजक सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको संयोजनकत्वमा कार्यसम्पादन तथा सहजीकरण उपसमिति र समितिका सदस्य टासी घलेको संयोजकत्वमा पुर्वाधार तयारी उपसमिति बनाएको हो ।
पूर्वाधार उपसमितिले १५ दिनभित्र पूर्वाधार सम्बन्धी प्रतिवेदन पेश गर्ने सदस्यसचिव विष्टका प्रेस सल्लाहकार रोहीत दाहालले जानकारी दिनुभयो । बैठकले १३ आैँ सागको सचिवालयमा राखेपको सातदोबाटोस्थित कार्यालयमा राख्ने तथा समयमै प्रतियोगिता आयोजना गर्ने संकल्प प्रस्ताव पनि पारित गरेको छ ।
Facebook Comments Box