Author: admin

मेचीनगर । किराँत याक्थुङ चुम्लुङ मेचीनगरको आयोजनामा सोमबारबाट १५ दिने उद्घोषण तालिम सुरु भएको छ । ३० जना प्रशिक्षार्थी रहेको उक्त तालिम किराँत याक्थुङ चुम्लुङको सामुदायिक भवन ईंटाभट्टामा भइरहेको छ । तालिममा पत्रकारहरु उमाकान्त खनाल, सचित सुब्बा तथा भूमिका सुब्बाले सहजिकरण गरिरहनुभएको छ । तालिमको उद्घाटनसत्रका प्रमुख अतिथि चुम्लुङका केन्द्रीय सदस्य जीतबहादुर लावती, चुम्लुङका मेचीनगर पूर्व अध्यक्ष हर्क फ्याक, सामुदायिक भवनका जग्गादाता डम्बरबहादर इदिङ्गो तथा प्रशिक्षक उमाकान्त खनालले शुभकामना मन्तब्य राखेका थिए । चुम्लुङका मेचीनगर अध्यक्ष दिलीप आङदेम्बेको सभापतित्वमा भएको कार्यक्रममा राजेन्द्र इदिङ्गोले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन भूमिका सुब्बाले गरेकी थिन् । उक्त तालिममा मञ्च तथा रेडियो…

Read More

काठमाण्डौं ।  राप्रपा र राप्रपा नेपाल समानान्तरबीच मंगलबार एकता घोषणा हुने भएको छ । दुवै पक्षका नेतृत्वपंक्ति सहितको उपस्थितिमा राप्रपा तथा राप्रपा नेपाल समानान्तरको एकीकरण सार्वजनिक गरिने बताइएको छ । ‘एकीकरण सम्बन्धी सबै आन्तरिक सहमति निश्चित भइसकेको छ, यही उपलब्धि घोषणा सभामार्फत सार्वजनिक गरिने सहमति भएको छ,’ राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले बताए । नेपाल राजनीति तथा समाजको विकासक्रमलाई सही मार्ग ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकताको आम माग भए अनुरुप दुई समान पृष्ठभूमी भएका दलहरुको एकता हुन गइरहेको बताइन्छ । एकीकरण घोषणा सभा काठमाडौंको बसुन्धरास्थित दियालो फूडल्याण्डमा मंगलबार दिनको ११.४५ बजे सम्पन्न गरिने कार्यक्रम तय भएको छ

Read More

झापा, १० साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण झापामा कुनै पनि सवारी–साधन चल्न सकेका छैनन् । बन्दको आह्वानपछि स्कुल तथा कलेज पनि बन्द भएका छन् । केही दिनदेखिको अविरल वर्षासँगै बन्द आह्वान गरिँदा दैनिकी अझ कष्टकर बनेको छ । प्राकृतिक विपत्तिले दैनिकी कष्टप्रद भएका बेला राहत र सहयोगका कार्यक्रम गर्नुपर्नेमा बन्द गरिँदा जनता अझ मर्कामा परेको धरान जान बिर्तामोड बसपार्कमा बसेका शिव थकालीले बताए । ‘पानीले बेहाल छ, त्यसमा पनि बन्द’, उनले आक्रोशित हुँदैन भने, ‘दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने हो तर पीडामाथि पीडा थपिने काम मात्र भएको छ ।’ यसैबीच, बन्दको अवज्ञा…

Read More

मोरङ । मोरङमा गएराति पिकअप भ्यान भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । मोरङकै टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को१ज १७५५ नम्बरको पिकअप रमितेखोला– २ स्थित भिरबाट ध्वासे खोलामा खस्दा सोही ठाउँका वडा नम्बर ७ बस्ने १८ वर्षीय सिद्धि राईको घटनास्थलमा नै र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा रमितेखोला–२ बस्ने २५ वर्षीय नन्दकुमार राई, २६ वर्षीय पदम राई, २८ वर्षीय उमेश गुरुङ, १८ वर्षीय दिलीप राई, १३ वर्षीय सविन राई, रमितेखोला–७ बस्ने तजिन राई, १७ वर्षीय सविन राई…

Read More

इलाम  ।   प्रेस सेन्टर इलामको अध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन । शनिवार इलाममा सम्पन्न दोश्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिती चयन गरेको हो । समितीको उपाध्यक्षद्धयमा बुद्धमाया सोङ्मी र धम्बु जवेगु, सचिव नमिन ढकाल, सहसचिव मंगेश खालिङ, कोषाध्यक्षमा स्मिता देवान निर्वाचित भएका हुन । आगामी तिन बर्षे कार्यकाल रहने समितीको सदस्यहरुमा तेजबहादुर घिमिरे, चन्द्र तामाङ, किरण राई, जिवन योङहाङ, मञ्जु तिम्सिना, खगराज घिमिरे रहेका छन । त्यस्तै सम्मेलनले अशोक प्रधान, सुजन तिम्सिना, लक्ष्मी मिश्र, मोहनमान श्रेष्ठ, मंगेश खालिङ, नमिन ढकाल, स्मिता देवान र सुमन लावतीलाई प्रदेश नं १ को प्रतिनिधीमा छानेको छ । प्रेस सेन्टर इलामको संयोजक सुजन…

Read More

काठमाडौं–अबको दुईसातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्न बाधा अड्काउ फुकाउ संसदबाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ । नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरुबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउ फुकाउमार्फत खोलेपछि अब बाधा अड्चन नरहेको र प्रक्रिया सहज भएकाले दुई हप्तामा नयाँ प्रधानमन्त्री छानिने कानुन मन्त्रालयका सचिव टेकनाथ ढुंगानाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । व्यवस्थापिका संसदमा प्रस्तुत सरकारविरुद्धको अविश्वस प्रस्ताव भारी मतले पारित हुने सम्भावना बढेसँगै प्रधानमन्त्रीले आइतबार संसद बैठकमा केपी ओलीले राजीनामा घोषणा गरेका हुन् । यससँगै प्रधानमन्त्री हुने लाइनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्न मार्ग प्रशस्त भएको छ । यसअघि नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादीले आलोपालो सरकार सञ्चालन गर्ने, पहिलो सरकारको नेतृत्व प्रचण्डले गर्ने सहमति जुटाइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्दै संसदमा सहभागी राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेकी…

Read More

काठमाडौं–संसदको नियमावली २०७३ को निमय ४९ अनुसार संसदले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्नेछ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिका आधारमा हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्ने उल्लेख छ । बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले संसदका महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अघि बढाउने प्रावधान छ । निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक र प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसदको तत्काल कायम रहेको सम्पूणै सदस्य संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री…

Read More

काठमाडौं–संसदीय प्रणालीमा विश्वास नगर्नेहरूले पनि लोकतान्त्रिक पद्धतिको अभ्यास गर्नुभएको छ र संविधानप्रति असहमति राखेर लामो समयसम्म विरोधका कार्यक्रममा संलग्न रहनुभएका मित्रहरू पनि संविधानकै प्रावधानअन्तर्गत यस प्रक्रियामा सहभागी हुनुभएको छ । सरकारको जय या पराजय ठूलो कुरा होइन, संविधान र लोकतन्त्रले सफलता हासिल गर्नु महत्वपूर्ण विषय हो । भिन्न प्रयोजनका लागि भए पनि संविधानको सर्वस्वीकार्यतालाई यसरी पुष्टि गरिदिनुभएकोमा धन्यवाद दिन चाहन्छु । एउटा भनाइ छ– कपडा काट्नुभन्दा पहिले दशचोटि नाप, ताकि कैँची चलाइसकेपछि पछुतो नहोस् । सात दशक लामो बलिदानी संघर्ष र दुई–दुईवटा संविधानसभाको अभ्यासबाट हामीले नेपालको संविधान निर्माण गरेका छौँ । संविधानको बिरुवा कलिलै छ । मुलुकलाई सधैँभरि अस्थिरताको भुमरीमा…

Read More

काठमाण्डाैं , साउन १०। सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबिच चारबुँदे सहमति भएको छ । डा. केसी अनशनस्थल शिक्षण अस्पतालमा सरकारी वार्ता टोली र डा. केसी पक्षका वार्ताटोलीबिच लामो वार्तापछि आइतबार अबेर राति सहमति जुटेको हो । सहमतिअनुसार सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तीमा ५० प्रतिशत सिट सङ्ख्यामा निःशुल्क गर्ने विषय विधेयकमा समावेश रहेको र त्यसलाई पूर्व सम्झौताअनुसार क्रमशः वृद्धि गर्दै ७५ जिल्लामा पुर्‍याइने भएको छ । यस्तै, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने सहमति भएको छ । विगतमा भएको सम्झौताको भावनाअनुरुप काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ…

Read More