मेचीनगर । किराँत याक्थुङ चुम्लुङ मेचीनगरको आयोजनामा सोमबारबाट १५ दिने उद्घोषण तालिम सुरु भएको छ ।
३० जना प्रशिक्षार्थी रहेको उक्त तालिम किराँत याक्थुङ चुम्लुङको सामुदायिक भवन ईंटाभट्टामा भइरहेको छ । तालिममा पत्रकारहरु उमाकान्त खनाल, सचित सुब्बा तथा भूमिका सुब्बाले सहजिकरण गरिरहनुभएको छ ।
तालिमको उद्घाटनसत्रका प्रमुख अतिथि चुम्लुङका केन्द्रीय सदस्य जीतबहादुर लावती, चुम्लुङका मेचीनगर पूर्व अध्यक्ष हर्क फ्याक, सामुदायिक भवनका जग्गादाता डम्बरबहादर इदिङ्गो तथा प्रशिक्षक उमाकान्त खनालले शुभकामना मन्तब्य राखेका थिए । चुम्लुङका मेचीनगर अध्यक्ष दिलीप आङदेम्बेको सभापतित्वमा भएको कार्यक्रममा राजेन्द्र इदिङ्गोले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन भूमिका सुब्बाले गरेकी थिन् ।
उक्त तालिममा मञ्च तथा रेडियो उद्घोषणबारे प्रशिक्षण भइरहेको चुम्लुङ मेचीनगरले जनाएको छ ।