काठमाडौं–संसदीय प्रणालीमा विश्वास नगर्नेहरूले पनि लोकतान्त्रिक पद्धतिको अभ्यास गर्नुभएको छ र संविधानप्रति असहमति राखेर लामो समयसम्म विरोधका कार्यक्रममा संलग्न रहनुभएका मित्रहरू पनि संविधानकै प्रावधानअन्तर्गत यस प्रक्रियामा सहभागी हुनुभएको छ ।
सरकारको जय या पराजय ठूलो कुरा होइन, संविधान र लोकतन्त्रले सफलता हासिल गर्नु महत्वपूर्ण विषय हो । भिन्न प्रयोजनका लागि भए पनि संविधानको सर्वस्वीकार्यतालाई यसरी पुष्टि गरिदिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।
एउटा भनाइ छ– कपडा काट्नुभन्दा पहिले दशचोटि नाप, ताकि कैँची चलाइसकेपछि पछुतो नहोस् । सात दशक लामो बलिदानी संघर्ष र दुई–दुईवटा संविधानसभाको अभ्यासबाट हामीले नेपालको संविधान निर्माण गरेका छौँ । संविधानको बिरुवा कलिलै छ । मुलुकलाई सधैँभरि अस्थिरताको भुमरीमा फसाइरहने र धमिलिएको पानीमा माछा मार्न खोज्ने पक्षहरू सलबलाइरहेकै छन् ।
ओलीको चेतावनी आजको अभिमन्यू कलिलो छैन
आज मैले धेरै भन्नुपर्दैन । चक्रव्यूह शब्दको धेरै प्रयोग गरँ । महाभारतको युद्धमा खास परिस्थितिमा यसको चर्चा छ । युद्धमा अर्जुनका छोरा अभिमन्यूलाई धेरै बहादुर भन्नेहरूले एक्लो पारेर आक्रमण गरेका थिए, ठीक आज त्यस्तै प्रयास देखिन्छ । तर, त्यो द्वापर युगमा भएको थियो । तर, आज न द्वापर युग छ, न अभिमन्यू आज त्यति कलिलै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।