काठमाडौं–अबको दुईसातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्न बाधा अड्काउ फुकाउ संसदबाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ ।
नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरुबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउ फुकाउमार्फत खोलेपछि अब बाधा अड्चन नरहेको र प्रक्रिया सहज भएकाले दुई हप्तामा नयाँ प्रधानमन्त्री छानिने कानुन मन्त्रालयका सचिव टेकनाथ ढुंगानाले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Facebook Comments Box