काठमाडौं–संसदको नियमावली २०७३ को निमय ४९ अनुसार संसदले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्नेछ ।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिका आधारमा हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्ने उल्लेख छ ।
बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले संसदका महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अघि बढाउने प्रावधान छ । निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक र प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ ।
त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसदको तत्काल कायम रहेको सम्पूणै सदस्य संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।