काठमाण्डौं । राप्रपा र राप्रपा नेपाल समानान्तरबीच मंगलबार एकता घोषणा हुने भएको छ । दुवै पक्षका नेतृत्वपंक्ति सहितको उपस्थितिमा राप्रपा तथा राप्रपा नेपाल समानान्तरको एकीकरण सार्वजनिक गरिने बताइएको छ ।
‘एकीकरण सम्बन्धी सबै आन्तरिक सहमति निश्चित भइसकेको छ, यही उपलब्धि घोषणा सभामार्फत सार्वजनिक गरिने सहमति भएको छ,’ राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले बताए ।
नेपाल राजनीति तथा समाजको विकासक्रमलाई सही मार्ग ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकताको आम माग भए अनुरुप दुई समान पृष्ठभूमी भएका दलहरुको एकता हुन गइरहेको बताइन्छ । एकीकरण घोषणा सभा काठमाडौंको बसुन्धरास्थित दियालो फूडल्याण्डमा मंगलबार दिनको ११.४५ बजे सम्पन्न गरिने कार्यक्रम तय भएको छ
Facebook Comments Box