Author: admin
काठमाण्डौं । संसदमा राष्ट्र ऋण उठाउने विधेयक, आर्थिक विधेयक र ऋण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक २०७३ बहुमतले अस्वीकृत भएको छ । सत्तापक्ष र प्रतिपक्षबिच संसद कार्यसूचिका विषयमा सहमति भएपछि संसद बैठक चलेको हो । नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै विधेयक पारित गर्ने विषय अप्ठ्यारोमा परेको थियो । -उज्यालाे अनलाइनबाट
काठमाण्डौं । दलहरुबिच बजेटसँग आश्रित ३ वटा विधेयकलाई पहिला अघि बढाउने सहमति भएपछि संसद बैठक साढे ४ बजे बस्ने भएको छ । दलहरुबीच लामो समयको रस्साकस्सीपछि संसद बैठक सुचारु हुने भएको हाे । ३ दलबिच बजेटसँग सम्बन्धित आर्थिक विधेयक,राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पहिला पारित गर्ने र त्यसपछि अविश्वासको प्रस्तावमाथि छलफल गर्ने सहमति भएको एमाले नेता भीम रावलले जानकारी दिनुभयो । यसअघि दलहरुबिच अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयकमध्ये पहिले कुनलाई अगाडि बढाउने भन्ने विवाद थियो । जसका कारण हिजो बिहीबार संसद बैठक नै बस्न सकेको थिएन । संसदको बैठक दिउसो ४ ३० बजे सम्मलाइ सूचना मार्फत स्थगित…
उर्लाबारी, ७ साउन । उर्लाबारी–६ मङ्गलबारेकी चार वर्षीया बालिकाको तौल असामान्य भएपछि चिकित्सकसमेत आश्चर्यमा परेका छन् । स्थानीय थापाचौकका सञ्जिव धिमाल र रुकमाया धिमालकी छोरी लीजाको तौल उमेर अनुसार अस्वभाविक छ । यी चार वर्षीया बालिकाको तौल ४० किलो छ । सामन्यतः चार वर्षका बालबालिकाको तौल १५ देखि २० किलो हुनुपर्छ । लीजाको तौल अस्वभाविक हुनुका कारणबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले समेत ठम्याउन नसकेको बाबु सञ्जिव धिमालले बताए । प्रतिष्ठानमा छोरीको स्वास्थ्य परीक्षण गर्दा सामान्य पाइएको धिमालले बताए । चिकित्सकले बालिकाको तौल बढ्नुको कारण ‘जिनेटिक म्यूटेसन’ हुनसक्ने भन्दै त्यसको अनुसन्धान नेपालमा सम्भव नभएको बताएका छन् । लीजा स्थानीय सनसाईन बोर्डिङ सेकेण्डरी स्कूलमा एलकेजीमा अध्ययनरत्…
काठमाण्डौं । अब नेपालमा चल्ने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापन बजाउन नपाउने भएका छन् । शुक्रवारको मन्त्रीपरिषदको बैठकले टेलिभिजनका लागि ‘क्लिन फिड’ लागुको निर्णय गरेसँगै विदेशबाट सञ्चालित टेलिभिजन च्यानलहरुमा विज्ञापन नआउने भएको हो । त्यस्तै, शुक्रवारकै मन्त्रीपरिषद बैठकले हाल काठमाडौको महावौद्धमा रहेको वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । भक्तपुरको दुवाकोटमा वीर अस्पतालालाई जग्गाप्राप्तिको स्वीकृति मिलेसँगै वीर अस्पताल भक्तपुर सर्ने भएको हो । वीर अस्पताललाई दुवाकोटमा सारेर त्यहाँ एक हजार सैयाको अस्पताल बनाउने सरकारी योजना रहेको छ ।
विर्तामोड । यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिएको छ । प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन तथा कौडिन्यको १५ औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । पत्रकार भट्टराई विगत १५ वर्षदेखि पत्रकारिता र साहित्यमा क्रियाशील छन् । प्रेस सेन्टर झापाका संयोजक टिकाराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव ओम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोख्रेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईँ, नेपाल पत्रकार महासंघ…
काठमाण्डौं । कोरियाले गैरकानुनी बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिएको छ । अवैध कामदारको संख्या ह्वात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो । सेप्टेम्बरसम्म फर्किने अर्वध कामदारलाई पुनः कोरिया जान पानउे छुट समेत दिइएको छ । यसअघि अवैध कामदारलाई फेरि कोरिया छिर्न बन्देज गरिएको थियो । फेरी जान पाउने सुविधा दिएपछि गैरकानुनी हिसाबले बसेका कामदार आफ्नो देशमा सहजै फिर्ताहुने कोरियाको बुझाइ छ । दक्षिण कोरियाले अर्वध कामदारलाई नयाँ सुविधाबारे नेपाललाई गत बुधबार जानकारी दिएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाण्डौँ । वाम गठबन्धन टुटाउने योजनाको प्रमुख मतियार नै खड्ग ओली भएको भन्दै नेकपा(एमाले) भित्र माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम ढकाल, युवराज ज्ञवालीलगायतका नेताहरुले मोर्चाबन्दी सुरु गरेका छन् । वामगठबन्धन टुटाएर प्रतिक्रियावादीको गोटी बनेको, विगतका सहमति तथा सम्झौता तोडेको, कुनै पनि सम्झौता कार्यान्वयन गर्न तयार नभएको भन्दै ओली विरुद्ध पार्टीका सबै शीर्ष नेताले मोर्चा खोलेपछि एमालेभित्र ओली पूर्ण रुपमा रक्षात्मक अवस्थामा पुगेका छन् । सरकार विरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि नैतिक हिसाबले राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्नेमा पदमा बसिरहन्छु भन्दै अड्डी लिएर बस्नु नैतिक हिसाबले समेत राम्रो नभएको भन्दै वामदेव गौमतले त ओलीका कारण…
काठमाण्डाैं । लागुऔषध दुव्र्यसनीलाई औषधिपसलबाटै लागु औषध बिक्री हुने गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरो र औषधि व्यवस्था विभागले बिहीबार राजधानीका चारजना फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। भीमसेनगोलास्थित शेरावली पोलिक्लिनिकका राम श्रेष्ठ राय, जय बागेश्वरीस्थित बागेश्वरी फर्माका इन्दु आचार्य र सिर्जना श्रेष्ठ, लामपोखरी चाबहिस्थित जोशी फार्मेसीका न्युच्छेलाल श्रेष्ठ र चुच्चेपाटीस्थित रुपन्देही ड्रग हाउसका रामबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो। शेरावली पोलिक्लिनिकबाट आृपिडोल ६० ट्याबलेट, स्मास्यो ७ सय ६० ट्याबलेट, ट्राफ्लास एक सय १० ट्याबलेट बराम भएको छ। बागेश्वरी फर्माबाट स्पास्मो ३० ट्याबलेट तथा जोशी फार्मेसीबाट ८१ वटा ट्रामाडोल ट्याबलेट बरामद भएको छ। चिकित्सकको सिफारिस अनुसार…
काठमाण्डाैं । गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। नयाँ पत्रिका दैनिकम समाचार छ। ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिवन चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो। प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तामाङ र बालगृह सञ्चालक चिनिमाया ब्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको छ। अदालतले बालगृह सञ्चालक ब्लोनलाई थुनाका लागि जेल चलान गर्ने आदेश दिएको छ। तामाङ ५० हजार धरोटीमा छुटेका छन्। दर्ता नै नगरी अाश्रम सञ्चालन धनकुटा घर भएकी ब्लोनको बिगत पाँच वर्षदेखि दर्ता नै नगरी माया अनाथ आश्रम सञ्चालन गरी गरिब बालबालिकालाई राख्दै आएकी थिइन्। कतिपय…
काठमाण्डाैं । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नु पर्ने अडान लिए पनि उनकै दल एमालेभित्र यस विषयमा एकमत छैन। नागरिक दैनिकमा समाचार छ। पछिल्लो स्थायी कमिटी बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेतालसहितका नेताले संविधान संशोधनतर्फ नलाग्न पार्टी अध्यक्ष समेत रहेका ओलीलाई सुझाव दिएका थिए। बैठकमा उपाध्यक्ष भीम रावलसहित नेताले नयाँ सरकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका थिए। एमाले सचिव योगेश भट्टरार्इले भने संविधान संशोधनतर्फ लाग्नु भनेको जोखिमको यात्रा सुरु गर्नु भएको बताएका छन्। बैठकमा ओलीनिकट केही नेताले समेत संविधान अस्पष्ट रहेपनि त्यस विषयलाई पार्टीले बढी चर्काउँदा पार्टी र प्रधानमनत्रीको लोकप्रियता…