काठमाण्डौं । दलहरुबिच बजेटसँग आश्रित ३ वटा विधेयकलाई पहिला अघि बढाउने सहमति भएपछि संसद बैठक साढे ४ बजे बस्ने भएको छ । दलहरुबीच लामो समयको रस्साकस्सीपछि संसद बैठक सुचारु हुने भएको हाे ।
३ दलबिच बजेटसँग सम्बन्धित आर्थिक विधेयक,राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पहिला पारित गर्ने र त्यसपछि अविश्वासको प्रस्तावमाथि छलफल गर्ने सहमति भएको एमाले नेता भीम रावलले जानकारी दिनुभयो ।
यसअघि दलहरुबिच अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयकमध्ये पहिले कुनलाई अगाडि बढाउने भन्ने विवाद थियो । जसका कारण हिजो बिहीबार संसद बैठक नै बस्न सकेको थिएन । संसदको बैठक दिउसो ४ ३० बजे सम्मलाइ सूचना मार्फत स्थगित गरिएको सभामुख घर्तिका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
Facebook Comments Box