काठमाण्डौं । अब नेपालमा चल्ने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापन बजाउन नपाउने भएका छन् ।
शुक्रवारको मन्त्रीपरिषदको बैठकले टेलिभिजनका लागि ‘क्लिन फिड’ लागुको निर्णय गरेसँगै विदेशबाट सञ्चालित टेलिभिजन च्यानलहरुमा विज्ञापन नआउने भएको हो ।
त्यस्तै, शुक्रवारकै मन्त्रीपरिषद बैठकले हाल काठमाडौको महावौद्धमा रहेको वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । भक्तपुरको दुवाकोटमा वीर अस्पतालालाई जग्गाप्राप्तिको स्वीकृति मिलेसँगै वीर अस्पताल भक्तपुर सर्ने भएको हो । वीर अस्पताललाई दुवाकोटमा सारेर त्यहाँ एक हजार सैयाको अस्पताल बनाउने सरकारी योजना रहेको छ ।
Facebook Comments Box