काठमाण्डौं । कोरियाले गैरकानुनी बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिएको छ ।
अवैध कामदारको संख्या ह्वात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो ।
सेप्टेम्बरसम्म फर्किने अर्वध कामदारलाई पुनः कोरिया जान पानउे छुट समेत दिइएको छ ।
यसअघि अवैध कामदारलाई फेरि कोरिया छिर्न बन्देज गरिएको थियो । फेरी जान पाउने सुविधा दिएपछि गैरकानुनी हिसाबले बसेका कामदार आफ्नो देशमा सहजै फिर्ताहुने कोरियाको बुझाइ छ ।
दक्षिण कोरियाले अर्वध कामदारलाई नयाँ सुविधाबारे नेपाललाई गत बुधबार जानकारी दिएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Facebook Comments Box