काठमाण्डाैं । गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। नयाँ पत्रिका दैनिकम समाचार छ।
ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिवन चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो। प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तामाङ र बालगृह सञ्चालक चिनिमाया ब्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको छ।
अदालतले बालगृह सञ्चालक ब्लोनलाई थुनाका लागि जेल चलान गर्ने आदेश दिएको छ। तामाङ ५० हजार धरोटीमा छुटेका छन्।
दर्ता नै नगरी अाश्रम सञ्चालन
धनकुटा घर भएकी ब्लोनको बिगत पाँच वर्षदेखि दर्ता नै नगरी माया अनाथ आश्रम सञ्चालन गरी गरिब बालबालिकालाई राख्दै आएकी थिइन्। कतिपय बालबालिकाका परिवारलाई प्रलोभनमा पारी उनले बच्चा आफूले पाल्ने भन्दै काठमाडौं ल्याएकी थिइन्।
Facebook Comments Box