विर्तामोड । यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिएको छ ।
प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन तथा कौडिन्यको १५ औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
पत्रकार भट्टराई विगत १५ वर्षदेखि पत्रकारिता र साहित्यमा क्रियाशील छन् ।
प्रेस सेन्टर झापाका संयोजक टिकाराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव ओम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोख्रेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईँ, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ् , स्व. काैडिन्यकी श्रीमती यमुना अाचार्य लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा डि. कौडिन्यको जीवनीका बारेमा नेपाल प्रज्ञा प्रतिस्ठानका सदस्य यज्ञराज प्रसाईँले प्रकाश पारेका थिए भने,सम्मानित व्यक्तित्व केशव भट्टराईका बारेका पत्रकार उमाकान्त खनालले प्रकाश पारेका थिए ।
कार्यक्रममा फोनीजका जिल्ला अध्यक्ष गणेशमान मुखीया, मिडिया नेपालका पूर्वाञ्चल उपाध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईँ, गणेश पोख्रेल, प्रेस चौतारीको केन्द्रीय सदस्य अम्बिका भण्डारी, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य झलकसिंह दर्लामी मगर, सम्मानित व्यक्तित्व पत्रकार केशव भट्टराई, प्रमुख अतिथी ओम शर्मा लगायतले बोलेका थिए ।
झुलन रेग्मीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य डण्डीराज घिमिरेले राखेका थिए ।