Author: admin

काठमाण्डाैं ।   प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खड्कालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ। परिसरमा वैदेशिक रोजगारसम्बन्धी गठीमा निवेदन दिएकी सेवाग्राहीसँग अनुचित  लाभ लिएको आरोपमा सई ज्ञवाली र खड्काउपर छानबिन सुरु भएको हो। नागरिक दैनिकमा समाचार छ। परिसरका अनुसार तीन महिनाअघि वैदेशिक रोजगार पीडित भएर कुवेतबाट नेपाल फर्किएकी सुनसरीकी सुनिता तामाङसँग अनुचित लाभ लिएको सूचनापछि ज्ञवाली र खड्काविरुद्ध अनुसन्धान सुरु भएको हो। परिसरमा १५ दिनअघि निवेदन दिएकी तामाङलाई कुबेत पठाउने व्यक्तिविरुद्ध मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउनै भन्दै अन्य दुई बिचौलियाको सहयोगमा २० लाख रुपैयाँ असुलेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी…

Read More

काठमाण्डौं । सरकारले पेट्रोलियम कारोबारमा निजी क्षेत्र प्रवेश गर्न पाउने बाटो तत्कालका लागि बन्द गरेको छ । ०६९ मा जारी भएको पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेशलाई बुधबार साँझ बसेको पेट्रोलियममा निजी क्षेत्रको प्रवेश बन्द गरेको हो । नियमन आदेशले निश्चित सर्त राखेर निजी क्षेत्रको प्रवेश खुला गरेको थियो । आपूर्ति मन्त्रालयले ८ कम्पनीलाई पेट्रोलियम पदार्थ तथा ३ कम्पनीलाई ग्यास कारोबारका लागि स्वीकृतिसमेत प्रदान गरेको थियो । तर, गठन आदेशै खारेर भएकाले स्वीकृति पाएका कम्पनीको इजाजत पनि स्वतः रद्द भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

काठमाण्डाैं ।  प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट ९ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट ९ लाख रुपैयाँ ठगेका थिए। नागरिक दैनिकमा समाचार छ। महाशाखाका अनुसार ठगीको मुख्य साधन सामाजिक सञ्जाल फेसबुकलाई बनाएर तुलबहादुरले ३१ लाख ठगी गरेको जाहेरी परेको छ। जेभी नामको फेसबुक आइडी भएका तुलबहादुरले आफू अमेरिकाको स्थायी बसोबास पास पीआरधारी भएको भन्दै लेबननमा रहेकी युवतीलाई नेपाल बोृलाएर गठी गरेका थिए। उनले…

Read More

विर्तामाेड ।   प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरोलाको ३४ औं स्मृति दिवसमा झापाको विर्तामोडमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल प्रेस युनियन झापा शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेर कोइरालाको स्मृति दिवस मनाएको हो । विर्तामोडको हनुमान सेन्ट्रलमा आयोजित उक्त रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईंले जानकारी दिए ।

Read More

विर्तामोड ।  प्रेस चौतारी नेपाल झापाको माईपूर्व क्षेत्रीय कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न दोस्रो अधिवेशनले क्षेत्रीय अध्यक्षमा  पुष्प बराललाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पराज भट्टराई, सचिव नरेन्द्र ढकाल, सहसचिवमा राम निरौला, कोषाध्यक्षमा अच्युत सुवेदी, र सदस्यहरुमा सुनिरा मैनाली, चन्द्र बस्नेत, चन्दना बराल, अनिलवाग्ले, रविकिरण वान्तवा, अशोक अधिकारी, विक्रम तिवारी, किशोर उपरकोटी सर्वसम्मत चयन भएका छन् । माईपूर्व क्षेत्रीय कमिटीका अध्यक्ष याम विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव मदन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो l कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख माधव विद्रोही, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव सुवास भट्टराई, सूर्योदय टेलिभिजनकी…

Read More

झापा ।   व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।मुख्य दलका शीर्ष नेताहरुबीच सहमति नजुटेपछि  बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच अविश्वासको प्रस्ताव पहिले छलफल गराउने कि बजेटका आश्रित विधेयकमा छलफल चलाउने भन्नेमा विवाद छ । यही विवादका कारण बिहीबार बिहान एघार बजे बस्ने भनिएको संसद बैठक दिउँसो दुई बजेसम्म सारिएको थियो । त्यसबिचमा सभामुख ओनसरी घर्तीले सहमतिको प्रयास गरेकी थिइन् ।

Read More

मोबाईलमा घण्टी बज्यो मैले हेल्लो भने उता बाट युवतिको स्वर थियो त्यो पनि विदेशी टोनमा प्रष्ट नेपाली बौल्दै ,भेटौं न समय कहिले मिल्छ तपाईंलाई, केहि छिनको गफगाफ पछि भेट्ने समय र स्थान तोक्दै फोनको कुराकानी सकियो ।

Read More

स्विजरल्याण्ड । लामो समयदेखि नेपाली गित संगितमा आफ्नो ,समय खर्चि सकेका गायक तुलसी सिवाकोटी यतिवेला एकाएक चर्चित बनेका छन् । यतिबेला सिवाकोटीको फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ सफलता संगै चर्चा चुलिदै गएको हो । यसभन्दा अगाडी ‘नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका वोलको गितलाई लाखौ श्रोताले अत्याधिक मन पराएका थिए भने यतिवेला ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ बोलको गित बजारमा आएको केही घण्टामै हजारौ श्रोताले हेर्न भ्याएको यो गितले तुलसीको उचाई अझ थप्ने देखिन्छ । रोजी लाबुङको शव्द र नीरज श्रेष्ठको संगीत रहेको…

Read More

विर्तामोड । नेपाली अर्थाेडक्स चियामा एन्थ्रोक्विनोन नामको रसायनिक पदार्थ भेटिएपछि उक्त चिया विदेश निर्यातमा समस्या आउन थालेको चिया व्यवसायीहरुले बताएका छन् । विभिन्न पश्चिमा मुलुकहरुमा निर्यात हुँदै गरेको तयारी चियामा देखिएको उक्त रसायनिक पदार्थको परिमाणलाई जसरी पनि कम गर्नुपर्ने परिस्थिति रहेको उनीहरुको भनाई छ । नत्र त्यस्तो चिया निर्यातमा अस्वभाविक रुपले गिरावट आउने उनीहरु बताउँछन् । एन्थ्रोक्विनोन एउटा रसायनिक पदार्थ हो जुन अहिले नेपालमा उत्पादित अर्थाेडक्स चियामा पाइने गरेको बताइन्छ । विज्ञहरुका अनुसार उक्त पदार्थ मानव स्वास्थ्यका लागि हानिकारक हो । तर नेपालमा उत्पादित अर्थाेडक्स चियामा उक्त पदार्थ छ भन्ने कुरा पश्चिमा मुलुकहरुमा उक्त चियाको परीक्षणबाट थाह भएको केन्द्रीय चिया सहकारी…

Read More

काठमाण्डौ । कांग्रेसले आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबार बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले आफ्ना सांसदलाई ह्विप जारी गर्दै अनिवार्य उपस्थित हुन निर्देशन दिएको नेता प्रकाशमान सिंहले जनाकारी दिए । संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । तर संसदको कार्यसूचिलाई लिएर दलहरुबिच तीव्र विवाद र ध्रुबीकरण भएपछि बिहीबारको संसद बैठक अनिश्चित बनेको छ । पहिले बजेटका आश्रित विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि भन्ने विषयमा दलहरु आआफ्नै अडानमा रहेपछि बैठक अनिश्चित भएको हो ।

Read More