विर्तामोड । प्रेस चौतारी नेपाल झापाको माईपूर्व क्षेत्रीय कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न दोस्रो अधिवेशनले क्षेत्रीय अध्यक्षमा पुष्प बराललाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पराज भट्टराई, सचिव नरेन्द्र ढकाल, सहसचिवमा राम निरौला, कोषाध्यक्षमा अच्युत सुवेदी, र सदस्यहरुमा सुनिरा मैनाली, चन्द्र बस्नेत, चन्दना बराल, अनिलवाग्ले, रविकिरण वान्तवा, अशोक अधिकारी, विक्रम तिवारी, किशोर उपरकोटी सर्वसम्मत चयन भएका छन् ।
माईपूर्व क्षेत्रीय कमिटीका अध्यक्ष याम विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव मदन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो l
कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख माधव विद्रोही, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव सुवास भट्टराई, सूर्योदय टेलिभिजनकी प्रबन्ध व्यवस्थापक विष्णु मैनाली, अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष जसमाया गजमेर, मोर्चा विभाग प्रमुख शिव ढुङ्गेल, जिल्ला सहकारी संघ झापाका पूर्व अध्यक्ष हरिचरण बाँनिया प्रेस चौतारी झापा अध्यक्ष मुक्ति पौडेल, केन्द्रीय पार्षद अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश पोखरेल लगायतको मन्तव्य रहेको थियो ।