स्पेन । ….मोवाइलमा घण्टी बज्यो मैले हेल्लो भने उता बाट युवतिको स्वर थियो त्यो पनि विदेशी टोनमा प्रष्ट नेपाली बौल्दै ,भेटौं न समय कहिले मिल्छ तपाईंलाई, केहि छिनको गफगाफ पछि भेट्ने समय र स्थान तोक्दै फोनको कुराकानी सकियो ।
उनले भने बमोजिम नै ठिक समय र स्थानमा म पुगेको थिए। उनि आईन् शुरुमै उनले भनिन नेपालमा कोही पनि दिएको समयमा आउदैनन् तब आउछन् जब म कुर्दा कुर्दा थाकेर हिन्छु । मैले ट्राफिक जाम लगाएतका अन्य समस्याहरुले जोड्दै कुरा बङ्गाउन खोजे तर उनले मानिनन् र भनिन सबै र सधै त्यस्तै हो त्यसै प्रसंग जोड्दै अरु खुट्टा तान्ने प्रबृती लगायतका कुरा पनि थपिन् मानौं उनि संग किताबको ठेली नै रहेछ हाम्रा नेपाली समसामयिक परिबेशहरुको । कफीको सुर्की संगै उनले आफु भेट्न आउनुको कारण बताईन् झन् । उनले असहाय धेरै बालबालिकाहरु जम्मा गरेर सिप र शिक्षा दिंदै आईरहेको उनको हेटौंडेली परिवार देखेर मेरा ऑखा रसाए ।
असहाय बालकहरु सम्हालेर उनलाई शिक्षा दिनु सिप सिकाउनु त्यो पनि त्यो कलिली उमेरकी युवती अनि उनको लागि त्यो टाढाको देश जहाँ उनि केहि दुर्ब्यबहारमा समेत परेकी रहिछन् । मैले तिमी सधै भरि नेपाल बस्छौं भनेर सोधे जब उनले जग्गा किनेर बन्दै गरेको हेटौडेली परिबारको घर देखाईन् त्यस पश्चात आखामा आखा मिलाएर गफ गरी राखेको म अनायशै अॉखा झुके । अनि सोचे यो कलिली युवतीको साहस ,राष्ट्रियता भन्दा माथि चढेर गरिएको मानबियता अनि त्यो उनैलाई गलत ब्यबहार गर्ने हाम्रो समाजको त्यो पनि शिक्षक भनाउदो । साच्चै सम्मानजनक थिईन् उनी , त्यही हेटौंडेली परिबारको लागि गर्दै गरेको च्यारिटी कार्येक्रममा शिव परियार पनि आउदै हुनुहुन्छ आउनुहोस् है भनिन् मैले हुन्छ भने केही स्पोंन्सरहरु पनि खोज्नुस् अनि म पनि कार्येक्रमलाई सहयोग गर्न इच्छुक छु भन्दै उनको लागि सहयोगी बन्ने बाचा गर्दै हामी छुट्टियौं । हामीले गफगाफकै क्रममा खिचेको फोटो हेर्दै मन मनै भने त्यती धेरै असहाय बालबालिका कि अबिबाहित यि कलिली आमा आह तिमी साच्चै “मदर आईना ” !!!
“आईना तिमी नेपाल त पुग्यौ नेपालको स्वर्ग पुगेकी छैन रहेछौ मनाङ मुस्तांगहरु लगाएका ठाउँहरु तिमीले अझै घुम्न बाकी रहेछन त्यहा पनि जाउ है ,नेपालको सुन्दरता त्यहॉका असिमीत बिशेषता ,सगरमाथा ,बुद्ध र संस्कृतिक बिबिधताको देस भनेर पनि बुझिदेउ र तिम्रो समुदायलाई बुझाईदेउ है । त्यहा गलत एक तर सज्जन हजारौ छन् भन्ने बुझिदेउ है ।
खै हामीले कहिले सिक्ने कहिले शाहस गर्ने। हुन पनि आफै बसेको ठॉउ हरौ काम गर्नेलाई भन्दा चाकडीबाद फस्टाउछ।एकअर्काको खुट्टा तान्न र काटमार मै हामी ब्यस्त छौ नेपालको समसायिक राजनिती हेर्यो एक ले अर्कालाई कसरी गिराउने भन्ने नै छ कसरी संग संगै माथि जाने भन्ने सोच नै छैन । कहिले हामीले हाम्रो खुट्टा तान्ने नेपाली भन्ने पहिचान सुधारौंला । कहिले असहाय पिडितको लागि सानै उमेरबाट जुट्न थाल्ने समाजको बिकाश गरौला । कहिले हामी एकअर्कालाई सम्मानित गर्न जानौंला । आउनुस सिकौं यिनै आईनाबाट सके सम्म निशुल्क च्यारीटी सहयोगको लागि स्पेन आउदै गर्नु भएका लोकप्रिय कलाकार शिव परियार दाजुलाई सम्मान स्वरुप स्वागत गर्न फुर्सद हुने साथीहरु एअरपोर्ट सम्मै जाऔं । सकिदैन कम्तिमा २४ जुलाईमा सिसीलिया कार्येक्रममा उपस्थित भएर सहयोग गरौ । हरेक कार्यक्रममा खादा र सम्मानमा झुम्मिने स्टेजलाई मात्र कतिन्जेल ताली बजाउनु हुन्छ आज हामी पनि सहयोगी छौ भनेर उदाहरण दिनको लागी एक दिनको लागी #iamwithainabarcashivapariyar भनेर जुटौं । नेपाली दुर्ब्यबहार गर्दैनन् सहयोग र सम्मान गर्छन् भन्ने उदाहरण उनी र उनको समुदायलाई दिउँ । उनको हौसलाका लागि ताली पिटौं ,उनको हाम्रो देश प्रतीको माया र सम्मानको लागि उभियौं । आउनुहोस् तयार हुनुहुन्छ शिब परियारको सांगितीक सॉझमा मनोरन्जन लिएर असहाय बालबालिकालाई सहयोग गर्न ।