विर्तामाेड । प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरोलाको ३४ औं स्मृति दिवसमा झापाको विर्तामोडमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल प्रेस युनियन झापा शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेर कोइरालाको स्मृति दिवस मनाएको हो ।
विर्तामोडको हनुमान सेन्ट्रलमा आयोजित उक्त रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईंले जानकारी दिए ।
Facebook Comments Box